भद्रपुर ।
झापामा कार र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको माइधारमा बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा ताप्लेजुङ् फुङ्लिग नगरपालिका ४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र सोही स्थानका २८ वर्षिय सविन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सन्जुहाङको घटनास्थलमा र सविनको उपचारको क्रममा ज्यान गएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ठक्कर दिने कारसहित चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जनाए ।











प्रतिक्रिया