मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेलडांडी गाउँपालिकाका वडा सदस्य व्यक्तिगत खर्च कटाएर नै नितान्त समाजसेवामा लागिपरेका छन् । बेलडाँडी गाँउपालिका १ नम्बर वडा सदस्य शंकर भट्टले वडामा अरु सदस्य तथा अध्यक्ष भन्दा नौंलो र दिनप्रति दिन सामाजिक काममासक्रिय हुँदै गएका छन् ।
वडा नम्वर १ का वडा सदस्य भट्टले गाँउपालिका बाट पाउने तलब तथा भत्ता सामाजिक सेवामा खर्च गर्ने गरेका छन् । आफुलाई गाउँपालिका बाट आउने पारिश्रमिकले समाजका विभिन्न सकारात्मक गविधिलाई उजागर गर्ने र नकारात्मक कुराहरुलाई अन्त्य गर्नका लागि हरदम लागि परेको सदस्य भट्टले बताए ।
दुई महिनाको तलबले आफ्नो वडाका १० वटा चौकहरुमा फोहर मलाई डस्टवीन राखेरे कामको सुरुवात गरेको सदस्य भट्ट बताउछन् । उनले भने ‘पर्यावरण सरसफाई राख्न आफ्नै लगानीमा जनतालाई जनप्रतिनिधि जनतालाई अनुभूती हुनेगरी काम गर्न खोजेको हुँ, वडा सदस्यको कार्यकारी भुमिका नहुने भएकाले आफ्ना एजेण्डा गाउँपालिका बाट सम्वोधन नहुने भएपछि यसरी काम थालेको छु ।’
वडा सदस्य भट्टको सराहनीय कार्यको उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका सदस्य देवसिंह ठगुन्नाले समेत प्रसंशा गरेका छन् ।











प्रतिक्रिया