भैंसेपाटीमा मन्त्रीक्वार्टर बनाउने निर्णय गलतः साह

0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसका सांसद भरतकुमार साहले ललितपुरको भैंसेपाटीमा संसद आवासका लागि छुट्याएको जग्गा मन्त्रीक्वार्टर बनाउने निर्णयको विरोध गर्नुभयो । अहिले पुल्चोकमा मन्त्रिक्वार्टर रहेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै साहले सरकारले लिएको निर्णय गलत भएको भन्दै आपत्ति जनाउनुभयो । ‘गरिमामय संसदसँग छलफल नै नगरी मन्त्रीक्वार्टर बनाउने निर्णय गर्नु गलत हो ’साहले भन्नुभयो ।

भैंसेपाटीमा रहेको यो जग्गाको बीचमा अहिले मन्दिर बनाइएको छ भने जग्गासमेत संरक्षणको अभावमा अलपत्र परेको छ ।