‘हत्या, हिंसा र बलात्कार गरेर नयाँ युगको सुरुवात हुँदैन’

0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद् डा. डिला संग्रौलाले हत्या, हिंसा र बलात्कार गरेर नयाँ युगको सुरुवात नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उहाँले हत्या, हिंसा र बलात्कारलाई बालुवाटार र सिंहदरवारले संरक्षण दिएको आरोप लगाउनुभएको छ ।

‘वाइडबडी काण्ड, सुन काण्ड, चिनी काण्ड छ काण्डैकाण्डको देश बनेको छ’ संग्रौलाले भन्नुभयो ‘ प्रधानमन्त्री बालबालिकासँग साक्षात्कार गर्नुहुन्छ तर निर्मला पन्तको हत्यारा त पत्ता लाउँथ्यौं तर डिएन्ए मिलेन भन्नुहुन्छ ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरुले हत्यारा पत्ता लगाउँछौं भनेर सधैं जनतालाई ढाँटिरहेको बताउनुभयो ।

एशिया प्यासिफिक सम्मलेनमा सरकार सह–आयोजक भएकोप्रति आपत्ति जनाउँदै उहाँले प्रधानमन्त्रीले पवित्र रक्सी पिलाएकोे कामको विरोध गर्नुभयो । ‘भ्रष्टाचार रोक्छु भन्ने सरकारको प्रतिवद्धता हावादारी भएको छ, सरकार भ्रष्टाचारलाई संस्थागत गर्न उद्यत छ ’ उहाँले भन्नुभयो ।