लमजुङ, (नेस)। ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङका पर्यटकीय गाउ“हरू पछिल्लो समय आफ्नो क्षेत्रलाई चिनाउन म्युजिक भिडियोतर्फ आकर्षित भएका छन्।
गाउँको प्रचारका लागि सबैभन्दा प्रभावकारी माध्यम म्युजिक भिडियो भएको मस्र्याङ्दी गाउँपालिका–३ को सिउरुङ ग्रामीण पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङ बताउँछन्। म्युजिक भिडियो बनेपछि पर्यटकको आगमन पनि बढेको स्थानीय पर्यटन व्यवसायी बताउाछन्। पछिल्लो पटक काउलेपानीले आफ्नो गाउँ चिनाउन बनाएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गाउँको पर्यटन प्रवद्र्धनका लागि भन्दै जिल्लाका एक दर्जनभन्दा बढी गाउँहरूले म्युजिक भिडियो बनाइसकेका छन्। जिल्लाका ग्रामीण पर्यटकीय गाउँहरू घलेगाउँ, काउले पानी, सिउरुङ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, दुराडाँडा, समीभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडाको भिरपुस्तुन, पसगाउँ, ढंगैलगायतका गाउँमा म्युजिक भिडियो बनिसकेका छन्। देश विदेशमा प्रचारप्रसार गर्नका लागि अरूभन्दा म्युजिक भिडियो उत्तम माध्यम लागेको घलेगाउँ पर्यटन विकास समितिका कोषाध्यक्ष आशविर गुरुङ बताउँछन्।
स्थानीयको लगानीमा बनाइएका म्युजिक भिडियोले स्थानीय कला संस्कृतिलाई जगेर्ना गर्न पनि मद्दत पुगेको खानीगाउाका पर्यटन व्यवसायी कामसार्की गुरुङ बताउँछन्। गाउँ–गाउँमा म्युजिक भिडियो निर्माण हुन थालेपछि नृत्य, अभिनय वा अन्य कुनै भूमिका निर्वाह गर्ने युवा पुस्ताको भित्री चाहाना पनि पूरा भएको कलाकार विष्णु गुरुङ बताउँछन्। ‘स्थानीयस्तरमै बनेका म्युजिक भिडियोमा दर्जनौं युवाले भूमिका निर्वाह गर्न पाएका छन्।’ –उनले भने।











प्रतिक्रिया