जर्मनीमा तेश्रोलिंगीलाई कानुनी मान्यता


वर्लिन,(एजेन्सी)
जर्मनीमा तेश्रोलिंगीहरुलाई अब देखि कानुनी रुपमै परिचय प्राप्त हुने भएके छ । गत डिसेम्वर महिनामा बनेको नयाँ कानुन अनुसार तिनीहरुले पनि कानुनी मान्यता पाउन लागेका हुन् ।

अब शारिरिक रुपमा पुरुष वा महिला लिंग नछुटिएका मानिसहरुले आफ्ना सरकारी दस्तावेजमा तेश्रोलिंगी उल्लेख गर्न सक्ने भएका छन् । तर यस्तो प्रावधानका लागि भने तिनीहरुले डाक्टरले उपलब्ध गराएके शारिरीक अवस्था सम्बन्धी प्रमाण पत्र पेश गर्नुपर्ने भएको छ ।

तेश्रो लिंगी अर्थात् हिजडाहरुमा जन्मजात नै महिला तथा पुरुष दुवै लिंगीका विशेषताहरु देखिने गर्दछन् । पछिल्ला केहि वर्षमा विशवका अन्य मुलुकहरुले पनि तेश्रोलिंगी हरुलाई मान्यता दिन यस्तो कानुनको तर्जुमा गरेका थिए ।
अष्ट्रियाको संवैधानि अदालतले गत जुनमा मात्र जर्मनीमा जस्तै यस्तो कानुनका लागि आदेश दिएको थियो । त्यसैगरी अष्ट्रेलिया , न्युजिल्यान्ड , माल्टा , भारत र क्यानाडाका तेश्रोलिंगीहरुका लागि समेत यस्तो विशेष कानुनको व्यवस्था भइसकेको छ ।

संयुक्त राष्ट्र संघले विश्वको कूल जनसंख्याको १ दशमलव ७ प्रतिशत मानिस तेश्रोलिंगीको रुपमा जन्मने गरेको उललेख गरेको छ । तेश्रोलिंगीहरु प्रति समाजमा राखिने हेय भाव र भेदभावको व्यवहारको कारण अधिकांश तेश्रोलिंगीहरु शल्यक्रियाको शरणमा जान बाध्य हुने गरेको विशेषज्ञहरु बताउँछन् ।

यसअघि सन् २०१३ मा जर्मनीमा तेश्रोलिंगीहरुलाई महिला वा पुरुष छान्ने विकल्प प्रदान गरिएको थियो । यसैगरी सन् २०१७ मा जर्मनीको अदालतले मानसिहरुलाई लिंग छनौट गर्न नदिनु भेदभावपुर्ण व्यवहार भएको निर्णय गरेको थियो ।

सरकारी दस्तावेजमा महिला उल्लेख गरिएका एकजना व्यक्तिको क्रोमोजोन परिक्षणमा उनी दुवैलिंगी नभएके पुष् िभएपछि अदालतले सो निर्णय गरेको हो । जर्मनीको संसदले पनि अनुमोदन गरिसकेको तेश्रोलिंगी सम्बन्धी यो नयाँ कानुन १ जनवरीदेखि लागे भएको सरकारी संचार माध्यमले जनाएको छ ।