विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको मेलौली नगरपालिकामा पहिलो पटक एम्बुलेन्स सेवा सुरु भएको छ ।
नगरपालिकाको १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरि बुधवारवाट सञ्चालनमा ल्याईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र सिंह नेगीले बताए ।
एम्बुलेन्सको आज एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । २४ सै घण्टा सुचारु गरीने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाईने मेलौली नगरपालिकाले जनाएको छ । अन्य एम्बुलेन्स भन्दा यो एम्बुलेन्स सस्तो र सुलभ मुल्यमा संञ्चालन गरीने भएको छ ।
आर्थिक अवस्था कमजोर भएका , सुत्केरी लगायतका महिलाहरुलाई सरकारी नियम अनुसार एम्बुलेन्स सेवामा छुट दिने व्यवस्था समेत नगरपालिकाले जनाएको छ ।
एम्बुलेन्सको लागी नगरपालिकाले तलब लिने गरी एक जना चालक राखेको नगर प्रमुख कृष्ण सिह नायकले बताए। साथै नगरपालिकाको गाडी चालकले पनि एम्बुलेन्स चलाउने भएको छ ।
करिब ६, ७ महिनाको प्रयास पछि नगरपालिकामा एम्बुलेन्स पुगाउन सफल भएको नगरप्रमुख नायकको भनाई छ । बाहिरी मुल्य ३४ लाख पर्ने यो टाटा कम्पनीको एम्बुलेन्स भन्सार छुटमा १० लाख ४९ हजारमा ल्याउन सफल भएको मेलौली नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा एम्बुलेन्स पुग्दा नागरीकहरु धेरै खुसी भएका छन् । यसअघि एम्बुलेन्स नहुदा त्यस क्षेत्रका धेरै नागरीकहरुले अकालमै ज्यान गुमाउनु परेको थियो । अब त्यहाँका बिरामी संगै सुत्केरी महिलाहरुलाई सहज हुने अपेक्षा गरीएको छ ।











प्रतिक्रिया