भद्रपुर ।
राष्ट्रपति बिद्यादेबी भण्डारीले कृषिको आधुनिकरण गर्न सबै लाग्नु पर्ने बताउनु भएको छ । बुधबार झापाको गौरादह स्थित महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको नमुना एकीकृत सहकारी खेती अवलोकन गर्दै यस्तो बताउनुभएको होे । युवाहरुलाइ यसमा आकर्षण गर्न सक्नु पर्ने भन्दै उहाँले कृषिमा मुलकलाइ आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । नमुना एकीकृत सहकारी खेती हरेक किसानहरुका लागि एउटा प्रेरणा भएको बताउनु भएको छ ।
यो नेपालकै पहिलो कृषि पर्यटकीय क्षेत्र समेत हो उहाले बताउनुभयो । सोहि अवसरमा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाइ अभिनन्दन गरेको थियो । नगरप्रमुख रोहितकुमार शाह र उपप्रमुख गीता भेटवालले भण्डारीलाइ सम्मान सहित अभिनन्दन गरेका थिए ।
कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायतले बोलेका थिए । नेपाली सेनाको हेलिकप्टरमा आएकी उनी एक घण्टासम्म रहेकी थिइन् ।
त्यसैगरि शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेतीको समेत अवलोकन गर्नुभएको थियो ।











प्रतिक्रिया