पेट्रोलियम पदार्थको मूल्य फेरि दुई रुपैयाँ घट्यो

0
Shares

काठमाडौँ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा २ रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरि मुल्य घटाएको हो ।

निगमले स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोहीते जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ छ । नयाँ खुद्रा विक्रीमूल्य प्रतिलिटर पेट्रोल १ सय ८, डिजेल र मट्टितेल ९५ रुपैयाँ कायम गरिएको छ ।

अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमि आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा स्वचालीत प्रणली बमोजिम पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको निगमको भनाई छ ।

समायोजन पश्चात् भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मा प्रतिलिटर पेट्रोल १० रुपैयाँ ४१ पैसा डिजेल १२ रुपैयाँ ३८ पैसा . नेपाल तर्फ नै अझै सस्तो रहेको छ ।

चालु आर्थिक वर्षका विगतका केही महिनाहरुको अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउदाँ अझै करिब २ अर्ब ३७ करोड रुपैयाँ घाटा पुर्ति हुन बाँकि रहेको जनाएको छ ।

नयाँ मूल्य अनुसार साविकको मूल्यमा प्रति लिटर २ रुपैयाँ घटाई समायोजन गरे पश्चात् पेट्रोल, डिजेल , मत्तितेल र हवाई इन्धन मा नाफा छ भने एल.पि. ग्याँसमा अझै प्रति सिलिण्डर ८० रुपियाँ ६९ पैसा घाटा रहेको निगमले जनाएको छ ।