मदिरा सेवन गरि हल्ला गर्नेलाई कारवाही गर्न प्रहरी सक्रिय

0
Shares

विमल बिष्ट, डोटी ।
बिना इजाजत अवैध मदिरा बिक्रीबितरण गर्ने र सेवन गरी अनावश्यक रुपमा हो हल्ला गर्नेलाई कारवाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय डोटीको सक्रियता बाढेको छ । २०७५ साउन यता बिना इजाजत मदिरा बिक्री बितरण गर्ने केही ब्यक्तिहरुलार्ई कार्वाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाईएको छ ।

त्यसैगरी सेवन गरी झ ैझगडा गर्ने ७ जनालाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पठाउनुका साथै ठुलो परिणाममा मदिरा बरामत गरी कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘बिना ईजाजत मदिरा बिक्रीबितरण गर्ने, मदिरा सेवन गरेर होहल्ला गर्ने जोकोही भए पनि कारवाही गर्छु ।’ मदिरा नियन्त्रणका लागि जिल्लामा सादा पोषाकमा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी तथा प्रबक्ता लालबहादुर धामीले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘पछिल्लो समयमा मदिरा सेवनका कारणले परिवारमा झै झगडा हुन थाल्यो,मदिरा नियन्त्रणका लागि हामीले सक्रियता बढाएका छौ ।’ मदिरा बिना ईजाजत अबैध रुपमा बिक्री बितरण तथा सेवन गरेकाको अवस्थामा शहरी क्षेत्रमा मात्र नभई गाउँ टोलबस्तीमा पनि सादा पोषाकमा प्रहरी परिचालन गरी बिक्रीबितरण गर्ने र खाएर होहल्ला गर्नेलाई समेत कडा भन्दा कडा कारवाही गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । केहि दिन पहिले मात्रै डोटी प्रहरीले शिलकर बियर, ड्राईगन बियर, ब्लु डाईमन्ड,जिनल, किँ लाईभ, भर्जिन नामक करिब ६० हजार बराबरको मदिरा नस्ट गर्नुका साथै बिना ईजाजत बिक्रीबितराण गरिरहेको एक जना पसल सन्चालकलाई समेत कारवाही गरेको छ ।

पछिल्लो समय डोटी प्रहरीले समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका बिभिन्न गाउँबस्तीमा अबैध मदिरा सेवन, महिला हिंसा, लैंगिक हिंसा, लागु औषध प्रयोग, बोक्सा बोक्सी प्रथा, छाउपडी प्रथा, जातीय छुवाछुत, जुवातासका विषयमा जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको छ ।