सिन्धुपाल्चोकमा दिउँसै १० लाख लुटपाट

0
Shares

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा १० लाख लुटपाट भएको छ । बलेफी गाउँपालिका ५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका १ बस्ने २६ वर्षीय निरोज घिमिरेको मंगलबार दिउसो लुटपाट भएको हो ।

बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा आई खाजा खाईरहेको अवस्थामा अचानक ३ जना अपरिचित व्यक्तिहरुले रडले प्रहार गरी साथमा रहेको उक्त रकम लुटी फरार भएको बताइएको छ ।

घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेकोले सुन खरीद गर्नका लागि उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ ।
फरार लुटेराहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।