स्वस्थ्य बालबालिकालाई चरेसको थाल

0
Shares

हेटौंडा ।
स्वस्थ्य तथा सामाजिक विकास शाखा मकवानपुरगढी गाउँपालिकाको आयोजनामा गढीको वडा नम्बर–२ मा रहेको स्वास्थ्यचौकीमा स्वस्थ्य बालबालिका प्रतियोगिता भएको छ ।

प्रतियोगितामा एलिया बिक प्रथम, डिजु थापामगर द्वितीय र देविसा चाैँरेल तृतीय भएका छन् । विजेता ३ जनालाई एक सेट चरेसको थाल, गिलास र चम्चा पुरस्कार दिइएको थियो । वडामा रहेका ९–३० महिना उमेरका ३० बालक र ३० बालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

आयोजकले उत्कृष्ट १० भित्र पर्नेलाई पुरस्कृत गरेको थियो । बिनोद स्यांतान, स्नेहा स्यांतान, कपिल डीसी, श्रृजन दोङ, अनिष थिङ, सिसन स्यांतान र सुशील बल उत्कृष्ट भएका छन् । उनीहरुलाई नुहाउने साबुन र नेलकटर पुरस्कार दिइएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलाप्रसाद चौलागार्इंको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य पातलीमाया गोले, सदस्य साबित्री बिक, चण्डिका मावि सहायक प्रअ वीरबहादुर गोले, वंशगोपाल मावि कुर्ले प्रअ लीलानाथ ढुंगेल, स्वास्थ्यचौकी प्रमुख प्रमोद रौनियारलगायतको उपस्थिति थियो ।

कार्यक्रम स्वास्थ्यचौकी व्यबस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष बखानसिं पाख्रिनको सभाध्यक्षतामा भएको थियो ।