संविधान संशोधनको एजेण्डा यथावत नै छः मन्त्री यादव

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको एजेण्डा यथावत नै रहेको वताएका छन् ।
जवरजस्ति संविधान जारी गरेका पक्षले पनि संशोधन नगरी हुन्न भन्ने महसुस गर्न थालेकाले संविधान संशोधनको उचित वातावरण वन्दै गएको उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा राजविराजमा संचालन हुन लागेको स्वास्थ्य शिवीरको तयारीका लागि सप्तरी आएका यादवले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका संविधान प्रदत्त मौलिक हक उपभोगको वातावरण वन्दै गएको पनि वताए ।

प्रदेश २ को सरकार परिवर्तन हुने विषय हल्ला मात्रै भएको यादवले प्रतिक्रिया दिए । प्रदेश सरकारले राम्रै काम गरिरहेको उनको भनाई छ ।
फागुन १ गतेदेखि सञ्चालन हुनेस्वास्थ्य शिवीर सञ्चालनका लागि आवश्यक सवै तयारी गर्न उनले सरोकारवालालाई निर्देशन दिएका छन् । शिवीरवाट सप्तरी, सिरहा, उदयपुर र सुनसरी जिल्लाका विरामीले सेवा लिन सक्ने जनाईएको छ।

यादवका साथमा स्वास्थ्य सचिव पुष्पा चौधरी र नेपाली शेनाका उपरथि एवम् स्वास्थ्य महानिर्देशक शशी राई समेत थिए ।