कृष्णउदास खनाल, वीरगन्ज ।
विद्यालयका प्रधानाध्यापकको सरुवाको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीको झडपका कारण तनावग्रस्त वीरगन्ज सामान्य अवस्थामा आएको छ।
शान्तिपूर्ण प्रदर्शन गर्दै वीरगन्ज महानगरपालिका तर्फ जान थालेका विद्यार्थीमाथि प्रहरीले एक्कासी लाठी चार्ज गरेपछि सुरु भएको तनाव बल्ल सामान्य अवस्थामा आएको हो। वीरगन्ज महानगरपालिका ७ मा रहेको माईस्थान विद्यापीठ माविका प्रधानाध्यापक विनोद मेहतालाई सुनियोजित ढंगले हटाउन अरू सातवटा विद्यालयका प्रधानाध्यापकलाई समेत गएको पुस २ गते सरुवा गर्ने वीरगन्ज महानगरपालिका नगर शिक्षा समितिको निर्णयको विरोधमा विद्यार्थी गत आइतबारबाट नै विरोधमा उत्रिएका हुन्।
विद्यार्थी सडकमा उत्रिएपछि प्रहरीसँगको झडपमा २ प्रहरी जवान र डेढदर्जन विद्यार्थी घाइते भएको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षका चिकित्सकले बताए। तीनचारजना विद्यार्थीलाई हात र खुट्टामा नराम्रोसँग घाउचोट लागेको र बाँकीको अवस्था सामान्य रहेकोले उपचारपछि घर फर्किएको आकस्मिक कक्षका चिकित्सकहरूको भनाइ छ। घाइते प्रहरी जवानहरूमा कमल सुवेदी र मुकेश यादव रहेका छन्। प्रहरीले अन्धाधुन्द लाठीचार्ज गर्दा विद्यार्थीतर्फ नितेश यादव, शैलेश चौरसिया, सोनी सिंह, सिद्धार्थ सर्राफ, रोहित चौरसिया र सुवेश झालगायत डेढ दर्जन घाइते भएको नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विद्यार्थीहरूको भने तिघ्रा, हात र खुट्टामा खाउ खत नै हुने गरी प्रहरीले निर्मम तरिकाले पिटेको नारायणी उपक्षेत्री अस्पतालका चिकित्सक मनोज अग्रवालले बताए।











प्रतिक्रिया