बुद्ध नेपाली, सिन्धुली ।
वीपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोटमा बुधवार हायस र ट्रक एक आपसमा ठक्कर खाँदा १० जना घाईते भएका छन् । घाइते मध्ये तिन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए ।
काठमाण्डौंबाट महोत्तरीको बर्दीवासतर्फ आउँदै गरेको बा४ख ५६२२ नम्बरको यात्रुबाहक हायसलाई सिन्धुलीकै खुर्कोटबाट रातमाटा तर्फ जाँदै गरेको ग१ख ६६२७ नम्बरको ट्रकले ठक्करदिँदा हायसमा सवार १० जना यात्रु घाइते भएका हुन् ।
घाइतेहरुको स्थानीय र प्रहरीले उद्धारगरी धुलीखेल र काठमाण्डौं तर्फ उपचारका लागि पठाएका छन् । हायस र ट्रकका साथै तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान थालेको जनाइएको छ । घाइतेको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
विपी राजमार्गमा चालकको लावरवाही, साँघुरो तथा गुमाउरो सडकका कारण दैनिक जसो साना ठुला दुर्घटना हुने गरेका छन् ।











प्रतिक्रिया