विद्युतीय सवारी चालक अनुमतिपत्र डोटीबाटै नविकरण

0
Shares

विमल बिष्ट, डोटी ।
विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) अब डोटीबाटै नविकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय डोटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी एवं दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले मगलबार उद्घाटन गर्नु भएको छ ।

दार्चुला घर भइ हाल डोटीको राजपुरमा मठैराज वालिचन कम्प्युटर सेन्टरका सञ्चालक दिनेश साउँदको पहिलो पटक स्मार्ट कार्ड नं ११÷०३९५९५ को विद्युतीय सवारी चालक अनुमतिपत्र नविकरण गरीएको छ । डोटीमा स्मार्ट कार्ड नविकरण कार्य सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा भएको छ । विद्युतीय सवारी चालक अनुमतिपत्र नविकरण सेवा शुरु हुनु डोटीको लागि सुखद भएको यातायात व्यवस्था विभाग काठमाडौँका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले बताउनुभयो ।

विगतमा कार्यालय मात्रै हुनु र सेवा प्रवाह नहुनु राम्रो नभएको भन्दै अबका दिनमा थप सेवा प्रदान गर्न पहल गर्नुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनु भयो । वि.स. २०७२ सालमा डोटीमा स्थापना भएको उक्त कार्यालयले हालसम्म सवारी पट्के कर सेवा मात्रै लिदै गर्दै आएको थियो । लगत्तै नगर विकास समितिको जग्गामा सवारी साधनको चालक अनुमति पत्रका लागि ट्रायल सेन्टर पनि सन्चालन हुने यातायात व्यवस्था सेवा कार्यालय डोटीका प्रमुख ध्रुव दयालले बताउनुभयो ।

शैलेश्वरी यातायात व्यवसायी संघ डोटीका अध्यक्ष गणेश मलासीले यातायात व्यवस्था सेवा कार्यालय डोटीले कार्यालय स्थापनाको लामो समयपछि सेवा शुरु गरेर नविकरणकै लागि कैलाली पुग्नुपर्ने र हजारौं रकम खर्च गर्नु पर्ने बाध्यता टरेकोमा बताउनुभयो । ‘सामान्यतया लाईसेन्स रिनु गर्न र कर बुझाउनकै लागि कैलाली पुग्नु पथ्र्यो, उहाँले भन्नुभयो –‘५ सयमा हुने कामका लागि हजारौ रकम खर्च हुन्थ्यो त्यो जोगिने भयो ।’