भद्रपुर ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार झापा आउँदैहुनुहन्छ । शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको अर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिगाहा जमिनमा लगाइएको नमुना सामुदायिक खेतीको अवलोकनका लागि राष्ट्रपति भण्डारी झापा आउन लाग्नु भएको हो ।
काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट बिहान पौने वाह्र बजे महारानी झोडा आउने कार्यक्रम तय भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दोस्रो कार्यक्रमको लागि चन्द्रडाँगी कृषि फर्म जानुहुने उनले जनाए । झापाका दुइओटा कार्यक्रमपछि दिउँसो साँढे १ बजे सुनसरीको इटहरी फर्किने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
राष्ट्रपति झापा आउने कार्यक्रमलाई मध्यजनर गर्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको डिएसपी श्रेष्ठको बताए ।
यता कनकाई नगरपालिका–३ स्थित योगमाया पार्क तथा यस क्षेत्रका जनताले निर्माण गरेका कालोपत्रे सडकको उद्घाटनका लागि राष्ट्रपति भण्डारीलाई ल्याउने कार्यक्रम भने रद्द भएको छ । कनकाई नगरपालिकासँगको समन्वयमा कालोपत्रे बाटो र राणाकालमा सतीप्रथाविरुद्धमा आत्मदाह गर्ने शाहसी नारी योगमाया न्यौपानेको शालिक उद्घाटन गर्ने कार्यक्रम भने नहुने पाइएको छ ।











प्रतिक्रिया