विमल बिष्ट, डोटी ।
स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै सुदूरपश्चिम प्रदेशको पाडी जिल्ला डोटी स्थि जिल्ला अदालतमा कम मुद्दा पर्न थालेका छन् । न्यायिक समिति गठन भएसँगै अदालतमा पर्ने मुद्दाको संख्यामा कमी आएको जिल्ला अदालत डोटीले जनाएको छ । समान्य घरझगडा, महिलामाथि हुने विभिन्न घरेलु हिंसा, खानेपानीलगायतका मुद्दा विगतमा जिल्ला अदालतमा पर्ने गरेका थिए । तर, अहिले यस्ता मुद्दा आउन छाडेको बताईएको छ ।
जिल्ला अदालत डोटीका अनुसार, चालू आर्थिक वर्षमा ४० मुद्दा दार्ता भएका छन् । सबैभन्दा बढी सम्बन्धविच्छेदका १८ मुद्दा दर्ता भएका छन् । जसमध्ये १४ मुद्दा फैसला भएको जिल्ला अदालतले जनाएको छ । त्यस्तै, जवरजस्ती करणीसम्बन्धी ८ सवारी ज्यान सम्बन्धी ७, जग्गा सम्बन्धी र अंशमुद्दा ३ फैसला भएका छन् ।
गत आर्थिक वर्षका बाँकी ४० मध्ये १८ मुद्दा फैसला भएका छन् । भदौ १ गतेबाट नयाँ मुलुकी ऐन लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐनमा भएपनि डोटीमा हाल सम्म कुनै पनि पुरुषले मुद्दा दर्ता नगरेको अदालतले जनाएको छ ।











प्रतिक्रिया