भद्रपुर ।
सशस्त्र प्रहरीका साधा पोसाकका प्रहरीलाइ नियन्त्रणमा लिएर नेपाल प्रहरीले कपडा बाेकेको गाडी भगाएको छ । झापाको उत्तरी क्षेत्र इलाम र झापाको सीमानामा रहेको नेपाल प्रहरीको चेकपोष्टबाट असइसहित पाँचजना प्रहरीले सशस्त्र प्रहरी बल १ नम्बर वाहिनी सुनसरीबाट खटिएका दुइजना प्रहरीलाइ नियन्त्रणमा लिएर गाडी भगाएको हो ।
इलामको पशुपतीनगरबाट मे १ ज १६५३ नम्बरको पिकअप गाडीमा कपडा वोकेर झापा तर्फ आउदैछ भन्ने सुचना पाएर विर्तामोडबाट साधा पोशाकमा गएका दुइजना सशस्त्र प्रहरीले सोमबार राती अन्दाजी ११ बजेको समयमा नेपाल प्रहरीको चेकपोष्ट नजिकै कलश गेटबाट गाडी नियन्त्रणमा लिएका थिए । गाडीलाइ अनुसन्धानको लागि लैजान पशुपतीनगर आइतबारे र झापाको शनिश्चरेबाट थप शसस्त्र प्रहरीको टोली आउनु भन्दा अघि नै मादक पदार्थ खाएर लठ्ठ परेका प्रहरीले तिमीहरु को हौ? किन गाडी रोकेको ?भन्दै मोटरसाइकलको साँचो खोसेर व्यापारीलाइ दिएको उनिहरुको भनाइ छ ।
परिचय पत्र देखाउदै ‘हामी सशस्त्र प्रहरी कर्मचारी हौ, १ नम्बर वाहिनीबाट आएको विश्वास लाग्दैन भने डिआइजी सापलाइ सोध्नु’ भन्दा समेत चेक पोष्टका असइ प्रल्हाद वोगटीले नमानेर हामीलाइ केहीबेर नियन्त्रणमा लिएको उनिहरुको भनाइ छ । वोगटीले समेत मादक पदार्थ खाएका थिए । साँचो पाउने वित्तिकै दुवै तर्फबाट आएको सशस्त्र प्रहरी टोलीले चारैतिर खोजतलास गर्दा गाडी फेला नपरेको उनिहरुले जनाए । ‘एउटा प्रहरीले अर्को प्रहरीलाइ सहयोग गर्नु पर्नेमा उल्टै नियन्त्रणमा लिएर तस्करीलाइ सघाएको उनिहरुको भनाइ छ ।’
पछिल्लो समय १ नम्बर प्रदेशबाट दुइ करोडभदा माथि अवैध सामान बरामद गरिसकिएको उनिहरुले जानकारी दिए । तस्करी न्यूनिकरण भइरहेकोले हामीलाइ हटाउन उनिहरु लागि परेको उनिहरुको भनाइ छ । ‘हाम्रो बारेमा व्यत्तिगत आचरण बुझ्दा पनि हुन्छ उनले भने ।’ सुचना पाएर गएको सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिएर थप सुरक्षाकर्मी मगाउदा चेक पोष्टमा रहेका नेपाल प्रहरीका कमाण्डरले आफ्नो जिम्मेवारी पुरा नगरेको सशस्त्र प्रहरी वल १ नम्बर वाहिनी सुनसरीका डिआइजी मन्दीप श्रेष्ठले बताए ।
प्रहरीले सहयोग गर्नु पर्नेमा उल्टै गाडी भगाउने तर्फ लागेकोले व्यक्तिको व्यवहारमा भर पर्ने डिआइजी श्रेष्ठको भनाइ छ । गाडी नियन्त्रणमा लिएको जानकारी आएको थियो, केहीबेरमा प्रहरीले भगायो भन्ने सुचना प्राप्त भएको उनले बताए ।
गएराती भएको घट्नको विषयमा कुनै जानकारीमा नआएको नेपाल प्रहरीका प्रदेश नम्बर १ का डिआइजी केदार रिजालले बताए ।‘ मैले तपाइको मुखबाट सुन्दै छु मलाइ जानकारीमा छैन उनले भने ।’ ‘यस्तो घटना भएको भए त मलाइ सशस्त्रको डिआइजीले भन्नु पर्ने त उनले भने ।’ सो क्षेत्रमा राखेको सीसी क्यामेरा चटयाङ्ले खतम पार्यो क्यामेरा भएको भए सत्य तथ्य थाहा हुन्थ्यो उनले बताए । चेक पोष्ट भन्दा उत्तरमा क्यामेरा रहेछ भने गाडी आएको थाहा हुन्छ । ‘के भएको रहेछ म सशस्त्रको डिआइजीसँग बुझ्ने छु उनले भने । ’ प्रहरीले भगाएको गाडीको कपडा भद्रपुरका व्यापारीको रहेको स्रोतले जनाएको छ । गाडीमा अन्दाजी २० देखि २५ पोका रहेको सामान अनुमानित २० लाख मूल्य बराबरको हुनसक्ने जनाइएको छ । घटना भएको भोलीपल्ट डिआइजी रिजालले इलामका एसपीलाइ निर्देशन दिएर असइ वोगटीलाइ जिल्ला तानिएको प्रहरीले जनाएको छ । वोगटीमाथि अनुसन्धान शुरु गरिएको रिजालले फोनमार्फत जानकारी दिए ।
झापामा तस्करी रोकिएन
झापाको दक्षिणी क्षेत्रबाट ठुलो मात्रामा कपडा लगायतको सामग्री तस्करी भइरहेको जानकारीमा आएको छ । विषेश गरी कदमचोक नाउघाट,किचकवध दोभान, भारतको खटखटी हुदै नेपालको कमलधाप लगायतका नाकाबाट कपडा लगायतको सामग्री तस्करी भइरहेको स्रोतको दाबी छ ।
अवैध गतिविधि रोक्नलाइ ठाउँ–ठाउँमा सुरक्षा पोष्ट र साधा पोशाकमा चौविसै घण्टा प्रहरी परिचाल भएपनि तस्करी नरोकिनुमा कारोवारी र प्रहरीको मिलोमतो भएको केही व्यापारीले आरोप लगाएका छन् । सो क्षेत्रमा विहान ७ देखि ११ वजेसम्म र वेलुका समय मिलाएर कारोवारीले सामान नेपाल भित्र्याउदै आएका छन् । तस्करी लगायत अवैध गतिविधि रोक्न प्रहरी परिचालन गरेको सशस्त्र प्रहरी बल हेडक्वाटर २ नम्बर गण झापाका एसपी रेशमकुमार थक्सूले बताए । अवैध सामान भेटनेवित्तिकै बरामद गर्दै आएकोले व्यापारीसँग











प्रतिक्रिया