काठमाडौँ स्यूचाटार बस्ने १३ वर्षीय बालक दाङमा फेला

0
Shares

प्रदिप विवश भण्डारी, दाङ ।
बेपत्ता भएका एक बालक फेला परेका छन् । उनी १३ वर्षीय सुजन वली रहेका छन् । उनी दाङको घोराही तुलसीपुर चोकमा फेला परेका हुन् ।
उनले आफ्नो घर रोल्पा राङ्सी भएको तर हाल काठमाण्डौ स्यूचाटार डेरागरी बस्ने गरेको बताएका छन् । बालकलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ ।

बालकले उनका वुबाको नाम मानसिंह वली र आमाको नाम शान्ती वली बताएका छन् ।
उनले आफ्ना वुबा आमाले काठमाण्डौ नागर्जुनमा कृषी, बाख्रा पालन र घर निर्माणको काम गर्ने बताउछन् ।

 

उनले लगाएको लुगा अनुसार उनी श्री अमरज्योती सेकेण्डरी स्कुल नागर्जुन स्यूचटार काठमाडौँमा अन्ययनरत विद्यार्थि हुन् ।
उनलाई भेट्नका लागि नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय दाङ शाखाको मोबाइल नम्बर ९८५७८९०१०१ साथै फोन ०८२, ५६०१९९ वा टोल फ्रि नं. १०० मा सम्पर्क राख्न सकिनेछ ।

बालका अनुसार उनी गत पुस १३ गतेबाट हराइरहेका छन् ।