सरिता चलाउने, सल्यान ।
सल्यानका किसानहरु व्यवसायिक टिमुर खेती तर्फ आर्कषित हुदै गएका छन् । टिमुर खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु टिमुर खेती तर्फ आर्कषित हुन थालेका हुन । सल्यान जिल्लालाई टिमुरको पकेट जिल्लाको रुपमा लिने गरिन्छ ।
जिल्लामा करौडौको टिमुर जिल्ला बाहिर निकासी हुेने गरेको छ ।
जिल्लामै टिमुर उत्पादन हन थालेपछि उधोग नै संचालन गरि तेल प्रशोधन गर्न थालीएको छ । विगत तीन वर्षदेखि सल्यानको शारदा नगरपालिका–१५ मा सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरी टिमुरको तेल उत्पादन गर्न थालेको हो ।
टिमुरबाट प्रशोधन गरिएको तेल प्रतिलिटर नभई किलोका दरले बिक्री हुने गरेको छ । यहाँबाट गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल बिक्री गरेको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए ।
गत वर्ष ६ सय किलो टिमुरको तेल प्रशोधन गरिएको बताउँदै उनले यस वर्षभने तेलको माग बढेपछि करिब १ हजार १ सय किलोसम्म तेल प्रशोधन गर्ने बताए । यस वर्ष टिमुरको तेसको मूल्य पनि बढेको छ । भर्खरै मात्रै प्रतिकिलो १७ हजारका दरले चार सय किलो टिमुरको तेल काठमाडांै पठाइसकेको उनले जानकारी दिए । यस बर्ष १३ सय तेल प्रशोधन गर्ने उनले बताए ।

टिमुर खेतीबाट आम्दानी पनि राम्रो हुने र बजार पनि राम्रो पाउन थालेपछि यहाँका किसान टिमुर खेतीतर्फ आकर्षित भएका हुन ।
आफूले उद्योग सुरु गर्दा सोचे जति आम्दानी लिन सकिँदैन कि भनेर चिन्ता मान्ने गरेको भए पनि तीन वर्षयता राम्रै आम्दानी भएको बताए । ‘अहिले हामीले जिल्लाका विभिन्न स्थानबाट टिमुर संकलन गरी उद्योगमा ल्याउने गरेका छौँ’, उनले भने, ‘एक क्विन्टलमा चार किलोसम्म तेल प्रशोधन गर्न सकिन्छ ।’ ‘यस उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको छ’, उनले भने, ‘स्थानीय व्यापारी र वनस्पति कार्यालय कपुरकोटसँग समन्वय गरेर हामीले टिमुर खरिद गर्ने गरेका छौँ ।’
एक गाउँ एक खेतीको अवधारणा सल्यानमा लागु भएपछि मसलाको रुपमा रहेको टिमुर उत्पादनमा वृद्धि हुदै गईरहेको छ । टिमुर खेतीका लागि किसानहरु व्यक्तिगत र सामुदायिक रुपमै लागेको जिल्ला डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । किसानहरुले उनीहरुले व्यक्तिगत गर्ने स्थानमा व्यक्तिगत रुपमा र सामुहिक गर्ने स्थानमा सामुहिक रुपमा किसानहरुले व्यवसाय गरी रहेको डिभिजन वन कार्यालय सल्यानका नायव सुब्वा टोपेन्द्र बहादुर थापाले बताए ।
उनले भने ‘जिल्लाबाट हालसम्म १ लाख ९८ हजार ९ सय ५० किलो टिमुर निकासी भई सकेको र अझै २० देखि २५ प्रतिशतसम्म टिमर निकासी हुन बाँकी रहेको छ । ’ गत वर्षभने सल्यानबाट ३९ करोडको टिमुर निकासी भएको थियो ।
एक पटक रोपिसकेपछि टिमुरबाट धेरै वर्षसम्म फल लिन सकिने र बजार पनि राम्रो भएकाले नांगा डाँडापाखा खोल्सामा सामुहिक तथा व्यक्तिगत रुपमा खेती गरेर आम्दानीको स्रोत बढाउन सकिने भएकाले पनि किसानहरुको आर्कषण बढि रहेको छ । उनले भने ‘विभिन्न मसला, दन्तमञ्जन, लगायत दर्जन बढि रोगको औषधिको रुपमा प्रयोग हुने भएकाले टिमुरको व्यवसायिक खेती तर्फ किसानहरुलाई शक्रिय गराउन जरुरी छ ।’
तारेपहरमा पनि टिमुरका विरुवा राम्रोसँग फस्टाउन सक्ने भएकाले संरक्षणमा ध्यान दिने हो भने किसानहरुले मनग्य आम्दानी गर्न सक्ने जडिबुटि व्यवसायि संघ जिल्ला शाखा सल्यानका महासचिव हरि न्यौपानेले बताए । केही वर्षहरु भन्दा गतवर्षदेखि टिमुरले राम्रो मुल्य पाइरहेको उनको भनाई रहेको छ । गतवर्षको अन्तिममा एक लाख प्रतिक्विन्टलसम्म विक्रि भएको बताउदै उनले यो वर्ष भने ७० देखि ७५ हजार रुपैयासम्म विक्रि हुदै आइरहेको बताए । गतवर्ष झै यो वर्ष पनि एक लाख रुपैया क्विन्टल जान्छ भनेर कतिपय किसानहरुले अझै पनि टिमु विक्रि नगरको न्यौपानेको भनाई छ ।

केही वर्ष अघिसम्म स्थानीय बजारमा खपत नहुने सल्यानको टिमुर अहिले फ्रान्स निर्यात हुन थालेको छ । गत वर्ष मात्रै सल्यानबाट करिब ४० करोड रुपैयाँको टिमुर निकासी भएको छ । गत आव ०७४÷७५ मा सल्यानबाट ४० करोड बढीको टिमुर निर्यात भएको डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले बताए । टिमुरले राम्रो मूल्य पाएपछि किसान तथा सामुदायिक वनका उपभोक्ता व्यावसायिक टिमुर खेतीमा लागेको उनले बताए ।
टिमुर फ्रान्स जान थालेपछि सल्यानका किसानले भिरालो तथा बाँझो जग्गामा व्यावसायिक टिमुर खेती गर्न सुरु गरेका छन । टिमुर खेतीबाट आम्दानी पनि राम्रो हुने र बजार पनि राम्रो पाउन थालेपछि यहाँका किसान टिमुर खेतीतर्फ आकर्षित भएका हुन् ।
बजार मूल्य राम्रो पाउन थालेपछि टिमुर खेती गर्न थालेका उनले गत वर्ष मात्रै १ लाख ५० हजार बढीको टिमुर बिक्री गरेको बन्गाड कुपिण्डे नगरपालिका–८ सेराका वीरबहादुर बुढाथोकीले बताए । कुपिन्डेकै झुपकली खडकाले यस वर्ष टिम्मुरबाट पाँच लाख आम्दानी भएको बताइन् । टिमुरले मूल्य पाउन थालेपछि परिवार पाल्नसमेत सहज भएको उनको भनाइ छ । ‘मेरो जग्गामा अहिले सय बढी टिमुरका बिरुवा छन्,’ उनले भनिन्, ‘अहिले व्यावसायिक रूपमा मैले टिमुर खेती गर्दै आएकी छु ।’
यस वर्ष कुपिन्डे, निगालचुला, माँझकाडा लगायतका क्षेत्रबाट मात्रै पाँच करोडभन्दा बढीको टिमुर निकासी भएको उच्च मूल्य कृषिवस्तु विकास आयोजनाका टिमुरविज्ञ गिरिधर अमात्यले बताए । उनका अनुसार हिमालयन बायोट्रेड लिमिटेडको सहजीकरणमा फ्रान्सको मनिफिल्स कम्पनीले टिमुर लिइरहेको छ ।











प्रतिक्रिया