कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ठुलो परिमाणमा लागुऔषध चरेश बरामद गरेको छ ।
प्रहरीले ट्रक चालक समेत पक्राउ गरेको छ । मकवानपुर मनहरीबाट वीरगन्ज तर्फ आउदै गरेको ट्रक सहित चालकलाई आईतबार राति एक क्वीन्टल ६० किलोग्राम चरेश सहित पक्राउ गरिएको पर्सा प्रहरस्ले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
परवानीपुर देखी मिलनचौक जाने सड्क खण्डबाट ना.४ ख २९८५ नम्बरको ट्रकमा चरेश फेला परेकोले नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । सुचनाको आधारमा खटेको प्रहरी टोलीले ठुलो परीमाणमा चरेश सहित ट्रक र चालकलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकालले वताए ।
ट्रकको बडि कयाबिनको बिच भागमा फल्स बटम बनाई राखी वीरगन्ज तर्फ ल्याउदै गरेको लागु औषध चरेश सहित मकवानपुर हेटौडा उपमहानगरपालिका १२ पदमपोखरीका २९ बर्षिय सागर बललाई पक्राउ गरीएको प्रहरी उपरिक्षक ढकालले वताए ।बरामद गरिएको ट्रक, चरेश र चालकलाई सार्वजनिक गर्दै थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।











प्रतिक्रिया