ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुली अस्पतालमा पोष्टमार्टम गरी घरतर्फ शव बोकेर जाँदै गरेको लु २ त १७२९ नम्बरको ट्याक्टर सिन्धुलीमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

भिरबाट लडेर मृत्यु भएका सुनकोसी गाउँपालिका ४ भोर्लेनी सिन्धुलीका ३१ वर्षका अशोक रानामगरको शव पोष्टमार्टम गरि घर तर्फ लैजाँदै गरेको ट्याक्टर कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङ स्थित विपी राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि उक्त ट्याक्टरका सहचालक सुनकोसी गाउँपालिका ४ लखनपुर बस्ने बर्ष १७ का रामजी किङ्रीङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।

गत शनिवार भिरबाट लडेर मृत्यु भएका रानामगरको शव पोष्टमार्टमका लागि आइतबार सिन्धुली अस्पताल ल्याइएको थियो ।
सोमबार पोष्टमार्टम गरी फर्कने क्रममा ट्याक्टर सडकको नालामा दुर्घटना हुँदा गम्भीर घाइते सहचालक मगरलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली प्रहरी प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।