लमजुङकी चेली दुबईमा सर्वश्रेष्ठ

0
Shares

लमजुङ, (नेस)। लमजुङकी चेली सरस्वती गुरुङ दुबईमा सर्वश्रेष्ठ नृत्यांगना घोषित भएकी छिन्। ल्होसारको अवसरमा दुबईको प्रतियोगितामा भाग लिन गएकी सरस्वतीले पुस १३ र १४ गते आफ्नो कला प्रस्तुत गरेकी थिइन्।

लमजुङको बेसीशहर नगरपालिका–७ चण्डीडाँडाकी उनी बेसीशहर–८ को भीमसेन स्थानस्थित न्यु इरा आवासीय माविको कक्षा ९ मा अध्ययनरत छिन्। दुबईस्थित तमु समाजको निमन्त्रणमा आफ्नो कला प्रदर्शनका लागि गएकी उनले विभिन्न कार्यक्रममा झण्डै एक दर्जन गीतमा नृत्य प्रदर्शन गरेको दुबईमा रहेका सरस्वतीका पिता चेयोमान गुरुङले जानकारी गराए।

सर्वश्रेष्ठ नृत्यांगना घोषित भएसँगै उनले प्रशंसापत्रका साथमा २५ इन्चको कलर सोनी टिभी उपहार पाएको उनका पिता गुरुङले जानकारी दिए।