पूजा नवौं मिस पूर्वाञ्चल

0
Shares

धरान, (नेस)। झापा, भद्रपुरकी पँजा श्रेष्ठ यहाँ आयोजित नवौं मिस पँर्वाञ्चल २०१८ भएकी छिन्। सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा शनिबार राति धरान–१५ मा आयोजित अन्तिम स्पर्धामा मुख्य निर्णायक वरिष्ठ वातावरणविद् राजेन्द्र खनालले सोधेका प्रश्नको तार्किक जवाफ दिँदै उनले उपाधि आफ्नो बनाएकी हुन्।

पँजाले ताजसँगै स्कुटर, हङकङ भ्रमणको अवसर र युएन कलेजको छात्रवृत्ति पाएकी छिन्। पँर्वाञ्चलका १४ युवतीबीच भएको प्रतियोगितामा धनकुटा, हिलेकी अनिला क्षेत्री फस्ट रनर्सअप हुँदै १ लाख रुपियाँ पुरस्कार पाइन् भने इटहरीकी तपस्या रणपहेलीले सेकेन्ड रनर्सअप हुँदै ५० हजार रुपियाँ पुरस्कार पाइन्।

प्रियारानी लामाको कोरियोग्राफीमा सम्पन्न प्रतियेगितामा आकृति आचार्य फेस अफ डिभाइन, मिस फोटोजेनिक र मिस मल्टिमिडिया, सोनेता दाहाल वेष्ट वाक र मिस ट्यालेन्ट, रुसाली केसी मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअल, सलिना राजवंशी मिस कन्जिनियालिटी र स्वस्तिका विसुंखे मिस फिटनेस भए। उनीहरूले जनही १५ हजार पुरस्कार पाए। मिस नेपाल वल्र्ड २०१० सदीक्षा श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा गायिका विष्णु चेम्जोङ, गायक विनोद खम्बु, सुनयना श्रेष्ठले गीत प्रस्तुत गरेका थिए भने मनिता राईले नृत्य प्रस्तुत गरेकी थिइन्।

प्रतियोगितामा मुख्य निर्णायक खनालसहित कवि सुदीप पाख्रिन, गायक डिल्ली फोम्बो, सफ्टि हाइजिनका सीईओ भुवन ढकाल, स्त्रीरोग विशेषज्ञ डा. रोहित रिजाल, मिस पँर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ, फिल्मका पटकथाकार सामीप्यराज तिमिल्सिना, गायिका तथा नायिका विष्णु चेम्जोङ, हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी, डिभाइन वाइनका ब्रान्ड म्यानेजर सञ्जु शाक्य र मिस्टर नेपाल २०१८ निर्णायक रहेका थिए।