देविकाको एकल साँझमा रमे दर्शक

0
Shares

गायिका देविका वन्दना फेरि एकपटक एकल साँझमा प्रस्तुत भएकी छिन्। उनी गतसाता राजधनीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्ना करिब साढे २ दर्जन लोकप्रिय गीतका साथ एकल साँझमा प्रस्तुत भएकी हुन्।


रोटरी क्लब त्रिपुरेश्वरको आयोजनामा बालिकाहरूको शिक्षाका लागि सहयोग गर्न आयोजित देविका वन्दना एकल साँझमा उनले आफ्नो नयाँ÷पुराना गीतका साथ दर्शकलाई झुमाएकी थिइन्। फिल्मी, आधुनिक, पप, नेवारी तथा हिन्दी गीतमा रम्दै दर्शकले पनि उनलाई ताली र स्वरमा स्वर मिलाएर साथ दिएका थिए। करिब तीन घण्टासम्म चलेको एकल साँझमा देविकाले यस्तै रहेछ यहाँको चलन, एउटा परदेशी, यो माया के हो, भरे आउँछु सपनीमा, मलाई नेपाली माया मन पर्छ, बस तेरा नाम, जिगु वंैश, अच्छा लेकिन, सुन सुन सनम, तलतल तलतल बेंसीमा मैच्याङ, मन चंगा भोजस्ता आफ्ना लोकप्रिय गीतहरू प्रत्यक्ष वाध्यवादनमा गाएकी थिइन्। उक्त सांगीतिक साँझमा देविकाले आफ्ना १५ वटा चर्चित फिल्मी गीतको मेड्ले पनि प्रस्तुत गरेकी थिइन्।


कार्यक्रममा देविकालाई गायक तथा संगीतकार शम्भुजित बास्कोटाले तलतल तलतल बेंसीमा मैच्याङ, गायक आनन्द कार्कीले भरे आउँछु सपनीमा गीतमा साथ दिएका थिए भने नरहरि प्रेमी, राजन इशान, दीक्षित पौडेल, विजेश पौडेल, राजेश महर्जनलगायत गायकहरूले समेत विभिन्न गीतमा साथ दिएका थिए। कार्यक्रममा सन्दीप क्षेत्रीले आफ्नो कमेडी प्रस्तुत गर्दै हसाएका थिए।