भारतको अस्टे«लियाविरुद्ध सिरिजमा अग्रता


मेलबर्न, (एजेन्सी)
भारतले मेलबर्न टेस्ट १ सय ३७ रनले जितेर अस्टे«लियाविरुद्ध चार खेलको टेस्ट सिरिजमा २–१ ले अग्रता लिएको छ ।

आईतबार पाँचौ तथा अन्तिम दिन घरेलु टोलीले २५८–८ बाट शुरु गरेकोमा भारतले ४.३ ओभरमै नतिजा आफ्नो बनायो । अस्टे«लियाले ३ रन मात्रै जोड्दा बाँकी दुई विकेट गुमाएको थियो । भारतले ३ सय ९९ रनको लक्ष्य दिएको थियो । पाहुना टोलीको तर्फबाट जस्प्रित बुमराहले करियरकै उत्कृष्ट बलिङ गरे । उनले प्याट कमिन्सलाई आउट गर्दै सो टेस्टमा ८६ रन खर्चेर ९ विकेट लिएका थिए । उनले जारी सिरिजमा कूल २० विकेट हात पारेका छन् । सिरिजमा अस्टे«लियाका स्पिनर नथान लायनले १७ विकेट हासिल गरेर उनलाई पछ्याइरहेका छन् । शीर्ष स्थानमा छन् । चौथो तथा अन्तिम टेस्ट २ जनवरीदेखि सिड्नीमा शुरु हुनेछ ।

भारतले दोस्रो टेस्ट पर्थमा हार बेहोरेर फेरि जित प्राप्त गरेको हो । मेलबर्नमा विराट कोहलीको भारतीय टोलीले दुबै इनिङ घोषणा गरेको थियो । टिम पेनको नेतृत्वमा रहेको अस्टे«लियाले पहिलो इनिङमा १ सय ५१ रन र दोस्रो इनिङमा २ सय ६१ रन मात्रै जोड्न सकेको थियो । यो पेनको कप्तानको रुपमा छैटो टेस्ट खेलमा हार हो । नियमित कप्तान स्टिभ स्मिथ बल टेम्परिङको आरोपमा प्रतिबन्धमा लागेपछि अस्टे«लियाले लगातार हार बेहोरिरहेको छ । अस्टे«लियाले सिड्नी टेस्टका लागि अल राउन्डर मार्नस लाबुस्चाग्नेलाई टोलीमा राखेको छ ।