विवेकलाई स्वर्ण


काठमाडौं, (नेस)
विराटनगर पारा टेबलटेनिस ट्रेनिङ सेन्टरका विवेक राईले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिसको पुरुष एकलमा स्वर्ण जितेका छन् ।

जोरपाटीमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ फाइनलमा विवेकले सुर्खेतका लोक केसीलाई ४–० को सोझो सेटमा पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेको उनका प्रशिक्षक विकेन थापाले जनाएका छन् । उक्त स्पर्धाको महिलामा दाङकी अस्मी बुढा मगर पहिलो भइन् ।