तेक्वान्दोका राजु सम्मानित


काठमाडौं, (नेस)
नेपाल खेलाडी तथा प्रशिक्षक संघले क्यानाडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटी आइतबार सम्मानित भएका छन् । गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कांस्य पदक जितेका थिए ।

उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए । राजु विगत १७ वर्षदेखि मकाउमा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत छन् । त्यसका अलावा राजु मकाउ तेक्वान्दो संघमा पनि को–ओर्डिनेटरका रुपमा आबद्ध भइ तेक्वान्दाको प्रशिक्षणमा संलग्न छन् ।