सल्यानमा डेढ लाख बराबरको अवैध सामान बरामद

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा अवैध रुपमा बिक्रि गर्न ल्याउदै गरेको सामान बरामद गरिएको छ ।

जिल्लाको शारदा नगरपालीका २ खलंगा बाट घुमिन्ते ब्यापारीले अबैध रुपमा बिक्र गर्न ल्याउदै गरेको १ लाख ५० हजार बराबरको सामान बरामद गरिएको शसस्त्र प्रहरी बल सल्यानले जनकारी दिएको छ ।

दाङ तुलसीपुर बाट आईतबार बिहान सल्यान खंलगा तर्फ आउदै गरेको गाडीमा अबैध रुपमा बिक्रि गर्न ल्याउदै गरेको सामान शसस्त्र प्रहरी चेक प्वाईन्ट बाटै बरामद गरिएको शसस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख बिमल डागीले बताउनु भयो ।

तुलसीपुर बाट जिल्लाको बिभिन्न ठाउँमा बिक्रि गर्ने भन्दै ४ जना घुमन्ते ब्यापारीले ल्याउदै गरेको जाडो मौसममा प्रयोग हुने तन्न, कमल, तातो कपडा बरामद गरिएको उहाँले बताउनु भयो ।

बरामद गरिएको सामान उधोग बाणिज्य संघ सल्यानको रोबहरमा आन्तरीक राजस्व कार्यलय तुलसीपुरमा बुझाईएको उहाँले बताउनु भयो ।

उनिहरुले राजस्व नतिरी ल्याईएको सामान जिल्लाको ब्यापार ब्यवसायलाई घाटामा पु¥याउन सक्ने भन्दै उधोग बाणिज्य संघको सुचनामा बरामद गरिएको प्रमुख डागीले बताउनु भयो ।