विराटनगर ।
मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले सबै नागरिकलाई आधारभुूत स्वास्थ्यसेवा निःशुुल्क पुु¥याउने उद्देश्यले शुुरु गरेको स्वास्थ्य विमा कार्यक्रम मोरङमा फागुुन महिनादेखी शुुरु हुुने भएको छ ।
विमा तयारीको वारेमा विराटनगर महानगरपालिकामा आज आयोजित अभिमुुखिकरण कार्यक्रममा सो कुुराको जानकारी गराइएको हो । त्यसका लागी विराटनगर महानगरपालिका सहित १७ वटै स्थानियतहमा तयारी शुुरु गरिएको छ । विमा गर्दा ५ जनाको परिवारले वार्षिक २५ सय र त्यो भन्दा वढि परिवार शख्यामा भएमा त्यसमा ४ सय ५ रुपैया थप गर्नुुपर्ने हुन्छ । विमामा दर्ता भएपछि नेपाल सरकारले सुुचिकृत गरेको निजि तथा सरकारी अस्पतालवाट ५० हजार वरावरको निशुुल्क उपचार पाउने व्यवस्था गरिएको छ ।
विमामा दर्ताा परिवार विरामी भएमा विभिन्न स्वास्थ्यसेवा सहित उनिहरुलाई ११ सय ३३ प्रकारका औषधि निशुुल्क उपलव्ध गराइन्छ । १७ वटै स्थानिय तहको वडा वडामा कार्यक्रम संचालनका लागि प्रत्येक वडामा खटिएका एकएकजना विमादर्ता सदस्यहरुले सहभागी सदस्यहरुको नाम दर्ता गर्ने छन । त्यसका लागि मोरङका १ सय ५९ वटै वर्डामा विमादर्ता सदस्य परिचालन हुुने छन । कार्यक्रममा वोल्दै विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले विमा कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले स्थानिय स्तरमा यो वारेमा प्रचार प्रसार आवश्यक रहेको वताए ।
उनले कार्यक्रमलाई प्रभावकारी वनाउन महानगरपालिकाको सक्दो सहयोग रहने समेत वताए । स्वास्थ्य विमा बोर्ड प्रदेश कार्यालय १ को आयोजनामा भएको कार्यक्रममा वोर्डका संयोजक ज्ञानवहादुुर वस्नेत तथा सह–संयोजक दुर्गा आचार्यले विमावारे नितिगत व्यवस्था र विमाको संरचना तथा ढाचा वारे जानकारी गराए । बिमा कार्यक्रम अहिले ३६ जिल्लामा संचालनमा छन । कार्यक्रममा अहिलेसम्म १४ लाख २५ हजार ५ सय ३२ जना विमामा दर्ता भएका छन । त्यसमा ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुुरुष छन । प्रदेश नम्वर १ का ६ वटा जिल्लामा यो कार्यक्रम संचालनमा आइसकेको छ ।











प्रतिक्रिया