कृष्णउदास खनाल, वीरगन्ज ।
संघीय समाजवादी फोरमका अध्यक्ष एवम उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पर्सा क्षेत्र नम्बर ३ का सांसद एवं पप्पु कन्शट्रकसनका संचालक हरिनारायण रौनियार निलम्बनमा नपरेको जिकिर गरेका छन् ।
आइतवार बीरगन्जमा आयोजीत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले रौनियार निलम्बनमा नपरेको प्रष्ट गर्दै उनी मंगलवार देखी संसदमा प्रवेश गर्ने खुलासा गरे । मन्त्री यादवले रौनियारको निलम्बन बारे मिडियामा आएको समाचार निराधार भएको बताए । पप्पु कन्सट्रक्शनका संचालक समेत रहेको रौनियारमाथी अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिषेश अदालतमा मुद्दा परेपछि उनलाई संसद सचिवालयले निलम्बन भएको सुचना जारी गरेको थियो ।
रौनियार निलम्बनमा परेकै कारण पर्सा क्षेत्र नम्बर ३ बाट कुनैपनि योजना छनौट हुन सकेको छैन । मन्त्री यादवले संघिय प्रणलीलाई बलियो बनाउन संविधानमा संशोधन तथा राष्ट्रिय एकतालाई भावनात्मकरुपमा मजबुत बनाउनु पर्ने बताउँदै मुलुकमा हाल रहेको स्वास्थ नितीले नागरिकको मौलिकहकको रुपमा रहेको उपचार पाउने अधिकार पुराहुने अवस्था नभएकोले यसलाई परिवर्तन गर्न गृहकार्य भइरहेको यादवले बताए । फरक प्रसंगमा मन्त्री यादवले राजपा संगको एकताको विषयमा ६ जना अध्यक्षको फरक फरक कुराले समस्या भएको बताए ।











प्रतिक्रिया