सरिता चलाउने, सल्यान ।
सल्यानमा बालबालिकाको समग्र विकास लागि पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ । बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको हो ।
यस गाउँपालिकाका विभिन्न विद्यालयमा गठन भएका बाल क्लवका प्रतिनिधीहरुको भेलाले सञ्जाल गठन गरेको हो । बालबालिकाको क्षेत्रमा छुट्टिने बजेट परिचालन गरी बालबालिकाको हितमा लगाउने, बाल विवाह न्युनिकरण तथा सर्वांगीण विकासका लागि ऋषिराज सेनको अध्यक्षतमा ११ सदस्यीय पालिका स्तरिय बाल सञ्जाल गठन गरिएको हो ।
जसको महिला उपाध्यक्षमा सुनिता घर्ती, पुरुष उपाध्यक्षमा सन्तोष साहु, सचिवमा मिलन पुन, सहसचिवमा सुरज वोहोरा, कोषाध्यक्षमा रविता वस्नेत रहेका छन् । सदस्यहरुमा टिका रोका, उत्तम केसी, विजय राना मगवर, लोकी घर्ती र शुशिल परियार रहनुभएको छ ।
सञ्जालमा आवद्ध बालवालिकाहरुले बालवालिकाको सर्वांगीन विकासका लागी विभिन्न क्रियाकलाप र अभियानहरु सञ्चालन गर्ने प्रतिवद्धता जानकारी दिनुभएको छ ।
यस्तै गाउँपालिकाका न्यायपालिका सदस्य भिमा बुढाथोकीको संयोजकत्वमा सल्लाहकार समिती पनि गठन गरिएको छ । अन्य सल्लाहकारहरुमा शिक्षकहरु डिल्ली डाँगी, दुर्गा वस्नेत, चुडामणि केसी, लिलाधर बुढाथोकी, ललिता केसी, महिला तथा वालवालिका शाखा प्रमुख सावित्रा आचार्य रहनुभएको छ ।
बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बालबालिका विकासका साझेदार र भविश्यका कर्णधार भएकाले उनीहरुको व्यक्तित्व विकासका लागि राज्यले लगानी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उनले बालविवाह न्यूनिकरण, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालय सेवा क्षेत्रमा ल्याउने, जोखिममा परेका बालबालिकाको उद्धार गर्ने र स्थानीय तहको विकास निर्माण र निर्णय प्रक्रियामा साझेदार भएर बाल सञ्जालले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा न्यायपालिका संयोजक तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले सञ्जालमा आवद्ध भएका बालबालिकाहरुले बालबालिकाको पक्षमा हुने सकारात्मक परिवर्तनको पक्षमा काम गर्नुपर्ने बताउनुभएको थियो ।
सावित्रा आचार्यले सहजीकरण गरेको कार्यक्रममा नायव सुब्बा जीवराज केसी, सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेलले बाल अधिकार, बाल दुव्र्यवहार र हिंशा न्युनिकरणका सन्दर्भमा अभिमुखिकरण गर्नुभएको थियो ।











प्रतिक्रिया