सरिता चलाउने, सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला वजारमा यात्रुबाहक बस दुर्घटना हुंदा पाँचजना घाईते भएका छन् । नेपालगञ्ज बाट रुकुम चौहरजहारीका लागी छुटेको ना ४ ख ७१४६ नम्बरको वस पल्टिँदा पाँच महिला घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीले जनाएको छ । घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका ५ निवासी दिलमाया रोकाय,बनगाड कुपिण्डे ५ निवासी १३ वर्षिय रिता नकाल,रुकुम चौहरजारी १ निवासी ३१ वर्षीया प्रेमकला न्यौपाने, रुकुम चौहरजारी ५ निवासी २६ वर्षीया प्रमिला पुन,सोहि स्थानकी ३८ वर्षीया मिना मल्ल घाइते भएका छन् ।
घाइते सबैको उपचार लागि सल्लिवजारको मेडिकलमा भइृ रहेको इलाका प्रहरी कार्यालय सल्लीका ईन्चार्ज सई शुसिल रावलले जानकारी दिए । ४० जना यात्रु वोकेको सिस्ने हिमाल यातायातको वस नालीमा पल्टेको र गाडि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया