हस्तकलाको घाेषणा अनुरूप काम अघि बढेन

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
हस्तकला शहर घोषणा गरिए अनुरुप ललितपुर महानगरपालिकाले आवश्यक पूर्वाधार बनाउने कार्य अघि नबढाएकोमा हस्तकला व्यवसायीहरुमा असन्तुष्टि छाएको छ ।

विश्व कला परिषद्ले गत कार्तिक २७ गते ललितपुरलाई हस्तकलाको शहर घोषणा गरेको थियो ।घोषणा यता अहिलेसम्म सरोकारवालाबीच छलफल सम्म भएको छैन । घोषणा लगतै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले यस बारे सरोकारवालाहरुसंग बसेर गर्नुपर्ने कार्यको रुपरेखा कोर्ने केही सञ्चारकर्मीहरुसंग बताउनुभएको थियो । तर अहिलेसम्म त्यस बारे औपचारिक रुपमा छलफल अघि नबढेको सरोकारवालाहरु बताउ“छन् ।

यस्तो अवस्थामा घोषणाको आधिकारिक प्रमाणपत्र बुझ्नुहुने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ललितपुर हस्तकला संघको शनिबारको साधारणसभामा प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । तर विशेष कारणवश उहा“ अनुपस्थित हुनुभएन ।हस्तकला घोषणापछि त्यस बारे महत्वपूर्ण कुराकानी गर्ने उद्देश्यले उहा“लाई नै प्रमुख अतिथी बनाएको हो ।’ संघका सचिव रमेशसिं महर्जनले भन्नुभयो ।

महानगरपालिकाप्रति हस्तकला व्यवसायीको असन्तुष्टि

निर्धारित समयभन्दा दुई घण्टा ढिलो हुने गरी सो सभा शुरु भएको थियो । सभामा अधिकाशं वक्ताहरुको भनाई महानगरपालिकाले घोषणाको महत्व र गम्भीरता अनुरुप कार्य अघि नबढाइएकोमा केन्द्रीत थियो ।

‘सो घोषणाको अर्थ के हो ? घोषणा पछि कसले के गर्ने ? कसरी अघि बढ्ने भनेर निक्यौल गर्न आवश्यक छ ।’ अन्तर्राष्ट्रिय रुपमा त्यस्तो घोषणा गराउन वर्षौदेखि पहल गर्नुहुने नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले भन्नुभयो ।यस बारे महानगरपालिका, हस्तकला व्यवसायी, ललितपुर उद्योग वाणिज्य लगायत सरोकारवालाबीच ठोस छलफल हुनु आवश्यक छ ।’

घोषणापछिको आवश्यक जिम्मेवारी बारे महासंघले महानगरपालिकाका प्रमुख महर्जनलाई लिखित रुपमा नै बुझाइसकेको छ ।महासंघका अनुसार घोषणापछि ललितपुर भित्र रहेका ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धन गर्ने बाध्यात्मक अवस्था आएको छ। महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने, कालिगढहरुको लागि तालिम वा प्रशिक्षण केन्द्र, बजार प्रर्वद्धन लगायत गतिविधि रहेको छ ।

‘यस बारे अहिलेसम्म सुनवाई भएको छैन ’ महासंघका अध्यक्ष शाक्यले भन्नुभयो ‘यसका लागि गर्नुपर्ने कार्यहरु धेरै छन् । घोषणा अनुरुप काम अघि बढाउन चुनौती नै चुनौती छ । सबै मिलेर अघि बढ्ने वातावरण तयार गर्नुपर्दछ ।’

‘हस्तकलाको घोषणालाई अहिलेसम्मै आफ्नो मुख्य उपलब्धीको रुपमा देखाउन रुचाउने प्रमुख महर्जनले अहिले सम्म यसबारे के गर्ने, कसो गर्ने भनेर छलफल गर्ने जा“गर चलाएको देखिन्न । घोषणाको गौरव मात्र गरेर केही उपलब्धी हासिल हुन्न ।’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले भन्नुभयो । संघका अनुसार महानगरपालिकाले हस्तकलाको विकास, कालिगढ प्रर्वद्धन, कालिगढले भोग्नुपरिरहेको समस्या समाधानका लागि नीति, योजना र कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने खा“चो रहेको छ ।

हस्तकलाको संरक्षण, प्रर्वद्धन गर्दै आएको संघको हिसाबले त्यस्ता कार्यक्रमको प्रर्वद्धनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएकोमा अहिलेसम्म सुनवाई नभएको पनि संघका अध्यक्ष श्याम तण्डुकारको भनाई रहेको छ । ‘हस्तकलाको शहर भने दङ्ग हुने, त्यसको संरक्षणका लागि बजेट नछुटयाउने तरिकाले वास्तविक समस्या समाधान गर्न सक्दैन ।’ अध्यक्ष तण्डुकारले भन्नुभयो ।

‘नया“ पुस्ताको विदेश पलायन बढ्दो छ । हस्तकला सिकाउने तालिम केन्द्र छैन । चुनौतीको चाङ छ ।’अध्यक्ष तण्डुकारले भन्नुभयो ।
हस्तकला संघमा नया“ नेतृत्व

ललितपुर हस्तकला संघको १२ औं वार्षिक साधारणसभाले विसराम महर्जनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रवि महर्जन, महासचिवमा रमेश सिं महर्जन, ,सचिवमा प्रदीप बज्राचार्य, कोषाध्यक्षमा सुभानन्द धाख्वा रहनुभएको छ ।

त्यस्तै सदस्यहरु कपिल शाक्य, सबु महर्जन, सुरेन्द्र महर्जन, राकेश शाक्य हुनुहुुन्छ ।