मुटु र कलेजीमा घर सार्वजनिक

0
Shares

रिलिजका लागि तयार हुँदै गरेको फिल्म जानी नजानीको पहिलो गीत राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
अभिनतृ तथा निर्मात्री रोशनी केसीद्वारा निर्मित फिल्मको एउटीलाई मुटुमा घर, अर्कीलाई कलेजीमा बोलको रमाइलो गीत सार्वजनिक गरिएको हो। गीतले एक प्रेमीको दुई प्रेमिका भएको फिल्ममा देखाएको छ।

अम्बिका शर्माको शब्दरचना रहेको गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् भने अर्जुनका साथमा दुर्गा खरेलले गाएकी छिन्। गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तान तथा निरिशा बस्नेतलाई फिचर्ड गरिएको छ भने खुला सडकको रमाइलो वातावरणमा छायांकन गरिएको गीतमा कोरियोग्राफी कविराज गहतराजको छ। धेरैजसो नयाँ अनुहारलाई प्रस्तुत गरिएको फिल्ममा निरिशा बस्नेतले नायिकाको रूपमा डेब्यु पाएकी छिन्। उनी अभिनेता विश्व बस्नेतकी छोरी हुन्।

फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, रोशनी केसी, प्रकाश अधिकारी, कृष्णभक्त महर्जनलगायत प्रमुख भँमिकामा छन्।
आगामी चैत १ गते अल नेपाल रिलिज हुने आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्ममा लेखन सामीप्यराज तिमिल्सेनाको रहेको छ भने मुख्य सहायक निर्देशकका रूपमा काम गर्दै आएका वसन्त अधिकारीले यसबाट निर्देशनमा डेब्यु गरेका छन्। फिल्ममा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नुपर्ने जिम्मेवारी देखाइएको निर्देशक अधिकारीले बताए। फिल्ममा संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कविराज गहतराज, प्रवीन सिंह र शिशिर खाती, छायांकन सञ्जय लामा र सम्पादन अर्जुन जिसीको रहेको छ। रोशनी इन्टरटेन्मेन्टको ब्यानरमा रोशनी केसीद्वारा प्रस्ुतत फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण रहेको छ।

‘थुप्रै फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसकेपछि यो नै सही समयजस्तो लाग्यो डेब्यु गर्ने। सबैलाई टिम राम्रो चाहिन्छ। मैले टिमसँगै समय र कथा पनि राम्रो पाएँ’, निर्देशक अधिकारीको भनाइ थियो– ‘फिल्म हामीले आँखालाई नबिझ्ने किसिमले तयार पार्दै छौं।’ त्यसै गरी नायक मनिष श्रेष्ठले फिल्मले नयाँ पुस्ताको कथा उठान गरेको र दर्शकलाई भरपुर मनोरञ्जन दिने दाबी गरे भने नवअभिनेतृ निरिशाले यो फिल्मले आफँलाई फिल्म नगरीमा ल्याउन लागेकाले जानी नजानी आफ्नो लागि खास भएको बताइन्।

‘म फिल्मी कल्चरमा हुर्किएँ। अभिनयमा आउने इच्छा सानैदेखि थियो, जुन यतिबेला पँरा भएको छ। यसमा मैले सोचेको सबै काम गर्न पाएको छु। म नाचेकी छु, पानीमा भिजेकी छु, रोमान्स गरेकी छु। एउटी प्रेमिकाले गर्ने हरेक क्रियाकलाप गरेकी छुु’, निरिशाले कार्यक्रममा भनिन्– ‘मैले चाहेको फिल्म पाएकाले यसबाटै डेब्यु गरेकी हुँ।’ फिल्मको सार्वजनिक गीतमा नृत्यमात्र गरेकी सुुमी मोक्तानले एउटा गीतमा मात्र काम गर्दा पनि पँरै फिल्ममा रहेको भान भएको बताइन्।

‘हामीले ४ रात काम ग¥र्यौं। त्यतिबेला पर्दामा देखिएजस्तो सहज त भएन, तर अहिले गीत हेर्दा निकै खुसी लाग्यो।’ –उनले भनिन्। फिल्मकी निर्मात्री तथा अर्की अभिनेतृ रोशनी केसीले जानी नजानीलाई राम्रो बनाउन हर प्रयास गरेको बताइन्। ‘पहिलो फिल्म डाक्टर खातेमार्फत मैले धेरै कुरा सिकें। त्यो सामाजिक कथाको फिल्म थियो। यसपटक मायाप्रेमकै कथामा फिल्म निर्माण गरेको छुु’, रोशनीले भनिन्– ‘फिल्मको छायांकन नेपाल तथा मनालीको रमणीयस्थलमा पनि भएको छ। मैले टिम राम्रो पाएकाले मेकिङमा पनि कहींकतै सम्झौता गरेकी छैन। फिल्मले समयको सदुपयोग नै गर्छ, बोर हुन दिँदैन।’