दिनेशले ल्याए बाँसै काटेर… भीमफेदी गाइज, कार्टुन क्र्युज र एलिसा एकसाथ

0
Shares

गायक, संगीतकार तथा गीतकार दिनेश गौतम आफ्नो नयाँ गीत घर बनाउँला बाँसै काटेर लिएर आएका छन्। आधुनिक मेलोडियस गायकको छवि बनाएका उनको यो गीत भने डान्सिङ बिटमा रहेको छ। गीतमा शब्द तथा संगीत कोशिश क्षेत्रीको रहेको छ।

उपन्यासकार पुस्तकप्रसादको समेत परिचय बनाएका दिनेशको यो नवीनतम गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको छ। त्यो नौलो प्रयोग हो, भीमफेदी गाइज र कार्टुन क्र्युुुजको साथमा एलिसा राईको रमाइलो र लोभलाग्दो नृत्य। गायक गौतम भने फिल्ममा हिरोको इन्ट्री भएजसरी भिडियोको अन्त्यमा मात्र प्रस्तुत भएका छन्। भिडियो भीमफेदी गाइजका टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको हो। भिडियोमा फुलन्देकी आमाको रोचक प्रस्तुतिको साथमा को–म्युजिक भिडियोमा आरी डान्स र थाली डान्स पनि देख्न पाइन्छ। भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन्।

राजधानीको कालिकास्थानस्थित फलैचा स्पटमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको उक्त भिडियो सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वले शुभकामना दिएका थिए। कार्यक्रममा बोल्दै गायक दिनेशले १९ वर्षअघि संगीतमा नाम कमाउँछु भनेर काठमाडांै आउँदा संगीतकार महेश खड्काले अर्का संगीतकार लक्ष्मण शेषकको स्टुडियोमा लगेर भेटाएको र उनको साथ पाएको सम्झना गर्दै आफ्नो नयाँ गीतबारे प्रकाश पारेका थिए। ‘हामीले बाँसै काटौंला गीत र यसको भिडियोमा सक्दो मेहनतका साथ काम गरेका छौं’, दिनेशले भने– ‘यो दर्शकलाई पनि मनपर्ने आशा छ।’ संगीतकार लक्ष्मण शेषले आफँले संघर्षदेखि नै चिनेको दिनेशको प्रतिभा देखेर जहिले पनि उनीमाथि आइदिए हुन्थ्यो भन्ने सोचिरहेको र त्यो सपना अहिले पँरा हुँदै गइरहेको बताए। ‘भीमफेदी गाइज र कार्टुन क्र्युजको काम पनि मलाई निकै राम्रो लाग्थ्यो।

यो गीतमा त अभैm विशेष छु’, उनले भने– ‘गीतमा लोक भाका र मौलिकतालाई मिश्रण गरीएको छ।’ संगीतकार शुभबहादुर सुनामले दिनेश गौतमको संगीतिक करियर पुरानो भएको र उनको गीतको प्यार्टन मेलोडीतिर ढल्केको हुने बताए। ‘उनको गायकी एकदमै राम्रो छ। सफलताको शुभकामना’ –उनले भने।

२०५६ सालदेखि निरन्तर संगीतमा लागिपरेका दिनेशका ११ वटा सांगीतिक एल्बम बजारमा आइसकेका छन्। दुई दशकको दौरानमा उनले एल्बम र फिल्ममा गरेर २ सयभन्दा बढी गीत गाइसकेका छन्। दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन्। पैसा कसले बनायो गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिनाअघि मात्रै फर्केर आएन मायालँ गीत सार्वजनिक भएको थियो।