मानसिंह डोजो च्याम्पियन


काठमाडौं, (नेस)
मानसिंह डोजोले प्रथम टोखा मेयर कप वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन मानसिंहले ७ स्वर्ण, ६ रजत र ६ कांस्य जित्यो । आयोजक गोंगबु डोजो ४ स्वर्ण, ५ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको पिइएले ३ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।
पुरुषमा दावा तामाङ तथा महिलामा सोनिका खड्का उत्कृष्ट खेलाडी घोषित भए । दुवै आयोजकका हुन् । पुरुषमा पिइएका भिआई राई तथा महिलामा ललितपुरकी एलिशा पहरी उदीयमान खेलाडी चुनिए ।