महेश्वरलाई शुभताराको सम्मान


काठमाडौं, (नेस)
दसौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ । शुभताराको २० औं वार्षिक खेलकुद दिवसको समापनका अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिन् ।

थाइल्यान्डको चाङमइमा डिसेम्बर ११–१७ तारिखसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।