मेलबर्नमा भारत जित निकट


मेलबर्न, (एजेन्सी)
भारतका बलरले सानदार प्रदर्शन गरेपछि अस्टे«लियाले मेलबर्नको घरेलु मैदानमा हार टार्न कोसिस गरिरहेको छ ।

३ सय ९९ रनको लक्ष्य दिएको भारतले अस्टे«लियाका ८ विकेट लिइसकेको छ । भारत मेलबर्नमा ३७ वर्षपछि ऐतिहासिक जित हात पार्न दुई विकेटले टाढा छ । यस मैदानमा भारतले सन् १९८१ मा जित हासिल गरेको थियो ।

शनिबार चौथो दिनको खेल समाप्तिसम्म अस्टे«लियाले २ सय ५८ रन जोडेको छ । जसमा बलर पेट कमिन्स ६१ रनमा र नाथन लियोन ६ रनमा नटआउट रहेका छन् । पाँचौ दिन दुई विकेट लिएर भारत इतिहास कोर्न आतुर हुनेछ भने अस्टे«लियाले टेस्ट बचाउन कोसिसमा लाग्नेछ । अस्टे«लियाका लागि यो टेस्ट जित्न १ सय ४१ रन अझै आवश्यक छ । भारतले जितेमा ४ टेस्टको शृंखलामा २–१ को अग्रतामा हुनेछ ।

संक्षिप्तमा
तेस्रो टेस्ट, मेलबर्न (चौथो दिन)
भारत ४४३–७ र १०६–८ (दुबै इनिङ पारी घोषित)
अस्टे«लिया १५१ र २५८–८