नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चारमाध्यमको साथ चाहिनेमा जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ग्रामीण क्षेत्रमा स्थापना हुने घरेलु तथा साना उद्योगहरूको विकास र प्रवद्र्धनका निम्ति नवीकरणीय ऊर्जा महत्वपँर्ण स्रोत रहेकाले यस्ता उद्यमशीलताका माध्यमबाट स्वरोजगार बनाइ मुलुकको अर्थतन्त्रमा महत्वपँर्ण योगदान पु¥याउने सरोकारवालाहरुको जोड छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को संयुक्त आयोजनामा शनिबार आयोजित ‘नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चारमाध्यमको सहभागिता’ विषयक अन्तक्र्रियामा बोल्दै सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाल नवीकरणीय ऊर्जा परिसंघका सल्लाहकार संयोजक एवम् पँर्वमन्त्री गणेश साहले परनिर्भरता जोगिन उद्यमशीलताको विकास हुनुपर्ने त्यसमा नवीकरणीय ऊर्जाका स्रोतको अधिकतम् उपयोग हुने बताउनुभयो । उहाँले लघु उद्यम र साना उद्यमीका असफलता, असफलता र समस्याका बारेमा सञ्चारमाध्यमले उजागर गरिदिएको अवस्थामा उद्यमीहरुलाई हौसला बढ्नुका साथै उनीहरुका समस्याका बारेमा सरोकारवाला निकाय जानाकार हुने बताउनुभयो ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघका महासचिव पदम दुलालले नवीकरणीय ऊर्जा ग्रामीण क्षेत्रमा बढी प्रयोग भइरहेको उल्लेख गर्दै गाउँमा साना तथा घरेलु उद्योगले राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जा र घरेलु तथा साना उद्यमीहरु गाउँमा हुने हुँदा उनीहरुका कुरा सुनिदिने सञ्चारकर्मी भएकाले सञ्चारकर्मीले त्यस विषयमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल अािर्थक पत्रकार संघ (नाफिज) का अध्यक्ष सीताराम भट्टराईले उद्योग व्यवसायको प्रवद्र्धनका लागि सहकार्य गर्न आफँहरु तयार रहेको बताउँदै समन्वय भएमा पत्रकारितामार्फत् व्यावसायिक क्षेत्रका समस्या र सफलताका कुरा बाहिर ल्याउन सहज हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष्ँ सत्यनारायण प्रजापतिले ऋण पाउन र व्यापार प्रवद्र्धनमा घरेलु तथा साना उद्यमीलाई समस्या रहेको उल्लेख गर्दै उद्योगमा सीप र दक्ष कामदारको सधैं अभाव रहने गरेको भन्दै साना तथा घरेलु उद्योगीलाई वित्तीय पहुँच नहुनु ठँलो समस्या रहेकाले त्यसका निम्ति सञ्चारकर्मीले सम्बन्धित निकायको ध्यानाकर्षण गरिदिन आग्रह गर्नुभयो ।

महासंघका कार्यकारी निर्देशक चुडामणि भट्टराईले नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरण भएको तथ्यांक प्रस्तुत गर्दै त्यस्ता उद्योगमा ३५ हजार ३ सय करोड रुपियाँ लगानी रहेको जानकारी दिनुभयो ।

परिसंघका कार्यकारी निर्देशक पँर्ण रञ्जितकारले वि.सं. २०८५ सम्म हरेक परिवारले ऊर्जाबाट भात पकाउन सक्ने हुनुपर्ने सरकारको लक्ष्य लिएको जानकारी दिँदै उद्योगको विकास गर्ने योजना बनाइरहँदा नवीकरणीय ऊर्जालाई समेत सँगै लैजानुपर्ने र त्यसमा सञ्चारमाध्यमको साथ अपरीहार्य रहेको बताउनुभयो ।