सहाराविहीन बालिकालाई नगरपालिकाको सहयोग

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
सहाराविहीन अवस्थामा रहेका बैतडीको दशरथचन्द नगरपालिका १० सतपालीका ६ जना बालिकाले दशरथचन्द नगरापालिकाको साथ पाएका छन् । नगरपालिकाले उनीहरुलाई नगद सहयोग गर्नुका साथै उनीहरुको पढाई तथा बसोबासको प्रबन्ध नगरपालिकाले मिलाउने भनेको छ ।

दशरथचन्द नगरपालिकाको एक टोलीले सहाराविहीन बालीकाको घरमै पुगेर नगद १० हजार प्रदान गरेको छ । यसका साथै नगरपालिकाले उनीहरुको जिर्ण रहेको घर र शौचालय निर्माण पनि नगरपालिकाले गरीदिने नगर मिना उपप्रमुख चन्दले बताईन् बालिकाहरुको पढाई खर्च पनि नगरपालिकाले व्यहोर्ने छ उनले भनिन् “ बालीकाहरुलाई विद्यालय पोशाक , किताब , कलम , कापी नगरपालिकाले दिनेछ ” केहि दीन अघी स्थानीयहरुले बालीकाहरुलाई कम्बल लगाएतका ओढ्ने ओछ्याउने पनि वितरण गरेका थिए ।

यस्तै बालिकाहरुलाई दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्दले एक हजार ५ सय सहयोग गरेका थिए । बुवाको मृत्यु भएको ३ महिनामै आमा पोइल गएपछि बालिकाहरु बिचल्ली परेका छन् । बुवा राजुराम लावड बिरामी भएर ३ महिना अघि मृत्यु भएको र आमा मीना लावड पोइल गएपछि बालिकाहरुको बिचल्ली भएको हो ।

१४ बर्षीया निलम लावड, १२ बर्षीय नितु लावड,११ बर्षीय तृप्ती लावड,१० बर्षीय लीला लावड, ६ बर्षीय बिन्दु लावड र ३ बर्षीय ममता लावडको बिचल्ली भएको छ । बुवा मरेको केही दिनमै आमा पोइल गएपछि आफूहरुलाई निकै समस्या भएको बालिका निलम लावडले बताईन् ।