दिपायल ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सबै प्रहरी कर्मचारीहरुले इमान्दार, खुशी र उच्च मनोवलका साथ निडर भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको शनिबार निरीक्षण भ्रमणको क्रममा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत लाभका लागि होइन संगठनको हितका लागि काम गर्न निर्देशन दिँदै संगठनको हित विपरित काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई कारवाही गरिने बताउनुभयो । प्रशासन तथा प्राविधिकतर्फको काम आ(आफनो क्षेत्रमा उत्तिकै महत्वपूर्ण हुने भएकोले तोकिएको जिम्मेवारी त्रुटि रहित तरिकाले पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
तालिम केन्द्रमा कार्यरत प्रशिक्षकले प्रशिक्षार्थीहरुलाई राम्रो प्रशिक्षण तथा नयाँ ज्ञान दिई दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा अहम भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उहाँले सबै प्रहरी कर्मचारीहरुले मेरो संगठन हो भन्ने कुरा सोची आ(आफ्नो दायित्व निर्वाह गर्ने समेत आग्रह गर्नुभयो । भर्ना छनौट परिक्षा निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै उहाँले परिक्षामा असफल परिक्षार्थीहरुसँग सभ्य व्यवहार गर्नुपर्छ भन्नुभयो ।
समुदाय(प्रहरी साझेदारी अवधारणा समयसापेक्ष भएकोले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा विशेष सहयोगी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसको उचित कार्यान्वयनमा सवैको साथ र सक्रियता रहनुपर्छ भन्नुभयो । प्रहरीका हरेक काम समुदायसँग सम्बन्धीत हुने भएकोले समुदायसँग सहकार्य र समन्वयबाट मात्रै प्रहरी कार्यमा सफलता मिल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, नं।१ गुल्म दिपायल र क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया