अर्जुन बोहरा, हुम्ला ।
नेकपा हुम्लाले सातै वटा गाउँपालिकामा अर्को व्यस्था नहुनजेल सम्म पाटीको तर्फबाट स्थानिय स्तरमा समन्वय र प्रतिनिधित्वका लागि प्रत्यक गा.पा.कामा चार जनाको कार्यदल बनाई जिम्मा लगाएको छ । नेकपा केन्द्रिय सदस्य तथा हुम्ला जिल्लाका कार्यदलका संयोजक विजय भण्डारी प्रतिरोधको अध्यक्षतमा बसेको बैठकेले जिल्ला कमिटी र गाउँपालिका कमिटी चयन नहुनजेल सम्मका लागि पार्टी कार्यलय देखि स्थानीय सत्ता संचालन संगको समन्वयको लागि जिम्मा लगाएको कार्यदलका प्रवक्ता हस्त बहादुर बहादुर शाहीले बताए ।
जिल्ला कमिटि चयन नभएको वेलामा नेकपा हुम्लाको कार्यादले सबै गाउँपालिका कार्यलय संचालन गर्ने भन्दै नामवली सार्वजनिक गरेको छ ।
नेकपा हुम्लाको बसेको कार्यदलको बैठकले जिल्लाका सातै वटा गाउँपालिकामा कार्यलय स्थापना भएको र अर्को कमिटी आधिकारीरुपमा चयन नहुँदा सम्म कार्यलय जिम्मा लगाएको कार्यदलका प्रवक्त शाहीले बताए । नेकपाका हुम्लाका सातै वटा गाउँपालिका नामवली विवरणहरु:
ताँजकोट गाउँपालिका –अकविर खड्का,मंगल नेपाली,अमर शर्मा,दलजीत नेपाली
अदनचुली गाउँपालिका – दीर्घ बहादुर सिह, कर्ण बहादुर रोकाय, धर्मराज शाही, र जनक विष्ट
चंखेली गाउँपालिका–टिका शाही,उद्दीम भण्डारी,भारमल बुढा, र अज बुढा
सर्केगाढ गाउँपालिकका–जोशी धामी,हर्क शाही, राजेन्द्र कार्कि र मान बहादुर थापा
खार्पुनाथगाउँपलिकामा– प्रकाश शाही, शक्तिसिंह ऐडी पूर्व बहादुर रोकाया र देवसि रोकाया
सिमकोट गाउँपालिका– कमल बोहरा, ढबल रावल,महेन्द्र बहादुर शाही, र जंग बोहरा
नाम्खा गाउँपालिका– सोनाम लामा, लातार लामा, प्रेम लामा र तेन्जन लामा
तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया गाउँस्तरमा चलिरहेको वेला जिल्लाका सातै वटा गाउँपालिकामा स्थानीय तहको र जिल्ला कमिटी चयन हुँदा सम्मको लागि गाउँपालिका पार्टी र कार्यलय व्यबस्थापनमा हुने दैनिक काम संचालनको लागि समितिको टुङ्गो लगाएको छ ।











प्रतिक्रिया