मोतीराम तिमल्सिना, काभ्रे ।
नेपाल स्कुल अफ प्रोजेक्टका अध्यक्ष तथा स्थानीय निर्वाचनमा महाभारत गाउँपालिकामा उम्मेदवार समेत रहेका साविक फोक्सिङ्गटार गाविस वडा नम्वर ५ ठुलोपोखरा घर भएका रकम सिं घलान(लामा) सालका रुख काटेर बेपत्ता भएको चार वर्ष पछि पक्राउ परेका छन् ।
२०७१ साल कार्तिक महिना देखि धमाधम सालका रुख काटेर विक्री गर्ने क्रममा जिल्ला वन कार्यालय काभ्रेमा उजुरी दर्ता भए सँगै उनी फरार भएका थिए । सालका रुख काटेर विक्री गर्न राखिएको ४ सय ४९ क्यु फिट सालका काठ डाँडापारीका बनखु लगायतका क्षेत्रमा काटिएको थियो । उजुरी परे लगत्तै जिल्ला बन कार्यालयले इलाका बन कार्यालय कटुञ्जेका रेञ्जर उदिमप्रसाद राईलाई अनुसन्धान अधिकृत तोकिएको थियो । शनिबार दिउसो प्रहरीले स्वयम्भुमा लुकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक दिपक रायले जानकारी दिए ।

फोक्सिङ्गटार घर भएका रकम सिं घलान र लामा एकै ब्यक्ति भएको र उनकै नेतृत्वमा विजय लामा र उनका सहयोगी ज्ञानबहादुर स्याङ्गतान समेतले काठ चोरी निकासी गर्ने मनसायले सालका रुखहरु काटेको प्रमाण अनुन्धान टोलीले संकलन गरेको थियो । उनले काटिरहेको काठ बरामद गरी स्थानीय सामुदायिक बन उपभोक्ता समुह र काठको गोदाम सँगै रहेका घर धनीलाई जिम्मा लगाईएको छ । ‘मुचुल्का समेत गरी हामीले सालका काठ जिम्मेवारीमा राखेका छौ’–अनुसन्धान अधिकृत राईले भने ।
प्रहरीले पटक पटक पक्राउ गर्न प्रयास गरे पनि उनी शक्तिका भरमा उम्कँदै आएका थिए । ‘२०७१ साल मसिंर महिना देखि नै हामीले अनुसन्धान गरिरहेका छौ’–उनले भने–‘रकम सिं घलान, विजय लामा र ज्ञानबहादुर स्याङ्गतान फरार छन्, पक्राउका लागि प्रहरीलाई पटक पटक पत्र पठाई सकेका छौं ।’ प्रहरीले पक्राउका लागि पटक पटक उनिहरुको ठेगानामा पत्र सहित प्रहरी पठायो तर उनिहरु सधै शहरमा बस्ने र प्रहरी पुग्ने बेला गाउँमा नहुने भएकाले अनुसन्धान समेत प्रभावित भएको राईले बताए ।काठको चोरी निकासी गर्ने र कटानी गर्ने ब्यक्तिहरुको पहिचान भई मुद्दा
समेत दर्ता भई सकेकाले छिट्टै प्रकृयामा टुङ्गिने राईले बताए । सरकारी बनबाट सालका रुख काट्ने रकम सिं घलान लामा र विजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न स्थानीयले पटक पटक माग गरेका थिए । अनुसन्धान अधिकृत राईले दुबै ब्यक्ति फरार रहेकाले अनुसन्धान समेत प्रभावित भएको बताए । उनिहरुले सालका रुख काट्न लगाएका मजदुर नन्दे मोक्तानले उनिहरुकै कारण आत्महत्या गरेको परिवारले बताएको छ । पछि नन्देको श्रीमतीलाई प्रभावित बनाई रकम सिं घलानले उनको समेत केहि रकम खर्च गरिदिएका छन् ।
साविक बनखु गाविसको वडा नम्वर १, ३, ४ मा पर्ने सरकारी बनको सालको रुख चोरी निकासी गरेको अयिभोगमा मुद्दा दर्ता भए पनि रकम सिं घलान पक्राउ परेका छैनन । २०७१ साल मसिंरमा भएको अबैद्य साल चोरी प्रकरण चार वर्ष देखि गुपचुप पारेको रहस्य खुलासा भएको थियो । उता सालको काठको चोरी निकासीको मुद्दा सँगै महाभारतमा बँदेल चोरी गरी मासु विक्री भईरहेको छ ।
उक्त क्षेत्रमा लामो समय देखि बँदेल चोरी हुँदै आएको थियो । अवैद्य रुपमा बँदेल नियन्त्रणमा लिई घरमा पाल्ने र मासु काटेर विक्री हुने गरेको थियो । जिल्ला बन कार्यालयको सक्रियता नहुँदा भईरहेको चोरी निकासी पछिल्लो समय मुद्दा परे सँगै रोकिएको छ । जिल्ला बन कार्यालय काभ्रेपलाञ्चोकमा महाभारत गाउँपालिका वडा न ३ घर भएका ४९ बर्षिय रकम सिं घलान लामा, ३८ बर्षिय विजय मोक्तान, वडा नम्वर ४ का ४७ बर्षिय केशर सिं वाईवा, वडा नम्वर ४ कै ४८ बर्षिय डिलबहादुर वाईवा र ३२ बर्षिय सुन्दर लामाले महिनाका ५÷७ वटा बँदेल चोरी गरी काटेर विक्री गर्दै आएको उजुरी दर्ता भएको थियो ।
जिल्ला बन कार्यालय काभ्रेका प्रमुख बद्री कार्कीले उजुरी आए लगत्तै अनुसन्धान टोली गठन गरी कारवाही प्रकृया अगाडी बढाएको बताए । वडा नम्वर ४ स्थित महादेवटारमा रक सिं घलानको टहरोमा २०७५ असोज २८ गते, असोज २९ गते राति १० बजे र २०७५ साल कार्तिक २६ गते रातको १२ बजे बँदेल काटेर विक्री गरेका थिए । बँदेल काटेर मासु भाग लगाईरहेको तस्विर सहित महाभारत गाउँपालिका वडा नम्वर ४ कै पातलीमाया घिसिङ्ग मोक्तानले जिल्ला बन कार्यालयमा उजुरी गरेकी हुन् ।











प्रतिक्रिया