सरिता चलाउने, सल्यान ।
बिजुली बत्तिले नछोएका सल्यानको कुमाख र दार्मा गाउँपालिकामा पहिलो पटक विजुली बत्ती पुगेको छ । आफ्नो गाउँपालिकामा पहिलो पटक विजुली बत्ति बलेपछि स्थानीयबासीले नाँचगान गरी खुशीयाली मनाएका छन् । कुमाख गाउँपालिकाको वडा न ३ रागेचौरमा आज पहिलो पटक विजुली बत्ति बलेको हो । गाउँमा विजुली बत्ति बलेको देख्दा आफुलाई निकै भाग्यमानी ठानेको कुमाख गाउँपालिका वडा न ३ रागेचौरका ८२ वषिर्य दिलु रानाले बताए । गाउँमा पहिलो पटक झलमल बत्ति बलेको देख्दा खुशीको सिमाना नै नरहेको उहाँको भनाई रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिलमाया बुढाले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिवद्धता मध्येको एक प्रतिवद्धता पुरा गरेको बताउनु भयो । तत्काल वडा न ३ र ४का केही टोलमा विजुली बत्ति बल्ने र आफ्नो कार्यकाल भरी सबै वडामा विजुली बत्ति पु¥याउने उहाँले बताउनु भयो ।
यस्तै दार्मा गाउँपालिका पनि पहिलो पटक विजुली बत्ति पुगेको छ । दार्मा गाउँपालिकाको वडा न ६ चिप्ले बाहुन गाउँमा पहिलो पटक विजुली बत्ति बलेको हो ।
चिप्लेमा बत्तिको उद्घाटन गर्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादु केसीले जनताका आवश्यकता परिपुर्ति गर्न इमान्दार भई लागि रहेको र आफ्नो कार्यकाल भित्र दार्मा गाउँपालिकाका आधा घरधुरीमा विजुली पुग्ने विश्वास व्यक्त गर्नुभयो । करिब ४३ लाखको लागतमा चिप्लेमा विजुली बत्ति बलेको हो ।











प्रतिक्रिया