सल्यानमा दुर्घटना कम गर्न चालक र सहचालकका आँखा जाँच

0
Shares

सरिता चलाउन, सल्यान ।
सल्यानमा दुर्घटनालाई कम गर्नको लागी चालक र सहचालकको आखाँ र प्रेसर जाच गरिएको छ । कामको चापले पे्रसर बढने र आँखा कमजोर भएर दुर्घटना हुन सक्ने भन्दै दुर्घटनालाई कम गर्नको लागी १ सय ३० जना चालक र सहचालकका आँखा र प्रेसर जाच गरिएको हो ।

शनिबार जिल्लाका सबै चालक र सहचालकहरुको आँखा र प्रेसर जाच गरिएको टा«फिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले बताउनु भयो ।
सवारी चलाउदा स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला टा«फिक प्रहरी कार्यलय सल्यानको आयोजनामा आँखा उपचार केन्द्र सितलपाटी, कान्तीपुर सामुदायिक हस्पिटल, कलशि मेमोरियल हस्पिटल र अधिकारी बन्धु पोलिक्लिनिक सल्यानको सहयोगमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरि जिल्लाका यात्रुबाहक सवारीका सम्पुर्ण चालक र सहचालकहरुको आँखा र प्रेसर जाच गरिएको उहाँले बताउनु भयो ।

जिल्लामा सडकको अबस्था कम्जोर भएकाले सवारी चलाउदा सहजताको लागी पनि आँखाको ख्याल गर्नुपर्ने भएपछि कुनै पनि दुर्घटना हुन नदिनको लागी जिल्लाका सबै यातायात प्रालिको समन्वयमा चालक र सहचालकको आँखा र प्रेसरको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, सबै भन्दा ठुलो कुरा स्वास्थ्य हो, स्वास्थ्य राम्रो भएन भने सवारी चलाउदा दुर्घटना हुन सक्छ, कामको चापले चालकहरुको प्रेसर बढ्न सक्छ, यस्तो बेला ध्यान नदिए दुर्घटना हुन सक्छ, दुर्घटना न्यून गर्ने उदेश्यले उनिहरुलाई सचेत गराउनको लागी आँखा र प्रेसर जाच गरिएको उहाँले बताउनु भयो ।

जिल्लाको श्रीनगर बसपार्कमा भएको शिबिरमा थाहाँ नपाएका चालकहरुलाई समेत हिडिरहेको गाडी रोकेर पनि जाच गरिएको उहाँले बताउनु भयो । यस स्वास्थ्य शिबिर बाट चालकहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्ने र सवारी चलाउदा ध्यान दिएर चलाउने पर्ने प्रहरी प्रमुख शर्माले बताउनु भयो ।

शिबिरमा १ सय ३० जना मध्यमा १४ जनामा प्रेसर बढि भएको पाईएको छ भने १५ जनामा आँखाको समस्या देखिएको शिबिरमा खटिएका आँखा उपचार केन्द्र सितलपाटी सल्यानका डाक्टर पदम राज पन्तले बताउनु भयो ।

१४ जना प्रेसरका बिरामीहरुलाई समय समयमा जाच गर्नुपर्ने र १५ जनामा आँखाका समस्या देखिएका हरुलाई चस्मा लगाएर आँखाको ख्याल गर्नुपर्ने सुझाब दिएको उहाँले बताउनु भयो ।

यो स्वास्थ्य शिबिर बाट आफु अब सजक र सकारात्मक भएर स्वास्थयको ख्याल गरी सवारी चलाउने चालकहरुले बताएका छन ।
जिल्ला भित्र दिनमा करिब २ सय ५० सवारीसाधन भित्रिने र बाहिरीने गरेको टा«फिक प्रहरी कार्यलय सल्यानले जनाएको छ ।