रोल्पामा प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता हुने


महेश न्यौपाने, रोल्पा ।
रोल्पाको रांसीमा प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । नेपाल आईटिएफ तेक्वाण्डो महासंघ रोल्पाको आयोजनामा पहिलो पटक प्रदेश स्तरीय उक्त प्रतियोगिता हुन लागेको हो ।

परिवर्तन गाउँपालिका २ रांसीमा आगामी पौष २७ देखी २९ गतेसम्म हुने प्रतियोगितामा ५ नंवर प्रदेशका १२ वटै जिल्लाको सहभागिता रहने आयोजकले वताएको छ । आयोजक सहित १३ वटा समूह रहने प्रतियोगितामा ४५ देखी ६५ किलो ग्राम समूहको सिनियर र ३० देखी ४० किलो समूहको जुनियर टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा महिला र पुरुषको छुट्टा छुट्टै प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा विजयी खेलाडीलाई मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको नेपाल आईटिएएफ तेक्वान्डो महासंघ रोल्पाका अध्यक्ष विक्रम वाँठामगरले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश नंवर ५ का २०० वढी खेलाडीको सहभागिता हुने वताइएको छ । जिल्ला सदरमुकाम वाहिर संचालन गर्न लागिएको प्रतियोगितालाई स्थानीय सरकारवाट समेत सहयोग हुने अपेक्षा गरेका छौ प्रतियोगिता आयोजक समितिका संयोजक कृष्णप्रसाद वाँठाले भने । प्रतियोगिता ग्रामीण क्षेत्रमा संचालन गरिने भएकाले खेलाडीहरुलाई घर घरमा वस्ने व्यवस्था मिलाउदै छौ संयोजक वाँठाले भने ।

प्रतियोगिताले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा लिएको आयोजकले वताएका छन । उपराष्ट्रपति नन्दवहादुर पुनको गृहगाउँमा उक्त प्रतियोगिता हुने भएको छ । उपराष्ट्रपति पुनले अध्ययन र अध्यापन गरेको विद्यालय, माओवादी जनयुद्धताका तत्कालिन माओवादी सुप्रीमो पुष्पकमल दाहाल प्रचण्डले लामो समय सेल्टरको रुपमा प्रयोग गरेको घर तथा युद्धको समयमा खनिएका वंकरहरु सो अवसरमा हेर्न सहिने वताइएको छ ।