सुप विश्वविद्यालय नियुक्ति प्रकरणः नातागोताको भर्तीकेन्द्र

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपल डा.भुपेन्द्र बिष्टले रातारात अवैध तरिका बाट २८ जना शिक्षक तथा कर्मचारी नियुक्ति प्रकरणले विश्वविद्यालय भित्र हुने गरेका हरेक अवैध गतिविधिहरुको दिनप्रतिदिन पर्दाफास हुँदै गइरहेको छ । विश्वविद्यालयमा स्थायी प्राध्यापक भएर पनि विश्वविद्यालय बाहिर सेयर लगानि गर्ने र निजी विद्यालयहरुमा पठनपाठन गराउनेहरुको तथ्याङ्क हामिले अघिल्लो अंकमा प्रकाशित गरेका थियौँ ।

सुप विश्वविद्यालय भित्र केहि यस्ता अराजक तत्वहरु पनि छन् । जसले दिन प्रतिदिन विश्वविद्यालयलाई सबैको आँखामा छारो हाल्दै लुटिरहेका छन् । सिलनिधि चन्द शिक्षा संकायका प्रध्यापक हुन् । तर चन्द अहिले एम.फिलको अध्ययन बिदामा रहेर एम.फिल नगरिकन नै विश्वविद्यालयका पैसा कुम्ल्याइरहेका छन् । हाल सम्म पनि चन्दले पैसा फिर्ता नगरेको स्रोतले बताएको छ । त्यस्तै अर्का एक जना प्राध्यापकको पनि चाला शिलनिधि चन्दको जस्तै छ । उनि हुन, उद्धवदेव भट्ट । एम.फिल. बिदामा बसेर विश्वविद्यालय बाहिर पढाउने गर्छन र गर्नुपर्ने एम.फिल. अधुरो नै छ । भट्टले पनि पैसा फिर्ता गरेका छैनन् ।

विश्वविद्यालयको हाजिरी घरमै लगाएर पैसा अर्थात तलब बुझ्ने प्राध्यापकहरुमा हरि शंकर भट्ट र देवसिंह बोहरा रहेका छन् । उनिहरु अहिले बिरामी बिदामा बसेर घरमै हाजिर मिलाए तलब भत्ता पचाई रहेको स्रोत बताउँछ ।

आजको कुरामात्र होइन पहिले देखि नै सबैले आफ्ना पालामा विश्वविद्यालयमा आफ्ना नातागोता भर्ती गराएका छन् । कसैले सेवा आयोग बाट विश्वविद्यालय भित्र प्रवेश गराए भने कसैले रातारात । फरक मात्र यत्ति छ । आफु सेवा आयोगमा हुँदा यसरी नै धेरैलाई नियुक्ति दिएको कुरा पनि प्रिन्सिपल बिष्टले स्विकार गरे ।

विश्वविद्यालयमा लगभग १० जना प्राध्यपकहरुले आफ्ना नातागोता भर्ति गरेका छन् । जसमध्ये हामिले हालसम्म स्थायी भएका प्राध्यापक तथा कर्मचारीको मात्रै तथ्याङ्क स्रोतका आधारमा तयार पारेका छौ ।

घरमै हाजिरी ! यसरी पचाउछन् विश्वविद्यालयको ढुकुटी, अवैध गतिविधिमा संग्लन को–को छन ?

 

प्रविधि संकायका प्राध्यापक कर्णदेव भट्टले आफ्नी श्रीमती निर्मला भट्टलाई नियुक्त गराउनु भएको थियो । मानविकी संकायका प्राध्यापक बिरबहादुर सिंह ठकुरीले पनि आफ्नी श्रीमती निर्मला बमलाई नियुक्त गराउनु भएको छ । शिक्षा संकायका प्राध्यापक उद्धवदेव भट्टले आफ्नी श्रीमतीलाई नियुक्त गराएका छन् । शिक्षा संकायमा नै प्राध्यापक रहेका देवसिंह बोहरा र देवकी बोहरा पनि यसरी नै नियुक्त भएका हुन् ।

यसरी नै प्रकास चन्द बडूका भाई समेत रातारात नै विश्वविद्यालयमा भर्ति गरिएका हुन् । रमेश प्रसाद भट्टले पनि आफ्ना साला नाता पर्नेलाई अवैध नियुक्त नै गराएका हुन् । यज्ञराज पाठकले आफ्नी भतिजी इन्दु पाठकलाई नियुक्त गरे । डम्बर सिंह ऐरले आफ्नी श्रीमती भागरथी ऐरलाई ंनियुक्त गराए । बिरबहादुर डंगौले आफ्नो छोरा निर्मल डंगौरालाई नियुक्त गराए । शुखीराम चौधरीकी श्रीमती पदमीनी डंगौरालाई नियुक्त गराए भने रुपदेव कलौनीले आफ्ना भाई महेश कलौनीलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा नातागोताका आधारमा नियुक्त गराएको स्रोतले बताएको छ ।

सुप विश्वविद्यालयमा शुक्रवार आफ्ना माग पुरा नगरेको भन्दै अखिल क्रान्तिकारी माओवादी केन्द्रिय कार्यसमितिका अध्यक्ष गणेश मिश्रको नेतृत्वमा परिक्षा नियन्त्रण कार्यालय, केन्द्रीय कार्यालय र केन्द्रीय क्याम्पसको मुलगेटमा अनिश्चितकालिन ताला लगाइएको बताए । म्याच फिक्सिङको आधारमा आएका सम्पुर्ण प्राध्यापकहरुको समेत नियुक्ति खारेजी हुनु पर्ने, सेवा आयोग विघटन गरेर लोकसेवा आयोगबाट परिक्षा लिइनुपर्ने जस्ता माग राख्दै अनिपश्चतकालिन तालाबन्दी गरेको अध्यक्ष मिश्रले बताए ।