विनोद सिंह विष्ट, बैतडी ।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन् ।
नेपाल बिद्यार्थी संघ बैतडीका विद्यार्थी नेताहरुसंगको पाटनमा शनिवार भएको भेटघाटका क्रममा उनले जनताले पाँच वर्षका लागि दिएको म्याण्डेटभित्र कसले के गर्यो भन्ने फैसला जनताले गर्ने भन्दै यसका लागि विकासमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको उद्घोष गरे ।
प्रतिनिधी सभा सदस्य समेत रहेका नेता बडूले कांग्रेस बलियो प्रतिपक्षीको भुमीकामा रहेको बताउदै सबै कार्यकर्तालाई एकजुट हुन आग्रह गरे । कांगेसको नेतृत्वमा बनेको संविधानलाई कांगेसले रक्षा गर्नुपर्छ उनले भने“ काँग्रेसले सत्तामा छँदा होस वा बाहिर रहँदा होस विकास निर्माणमा कार्यमा योगदान दिँदै आएको छ ।”
यसका साथै यही पुस १९ गते हुन गईरहेको नेविसंघ बैतडीको जिल्ला अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अनुरोध गरे ।
नेविसंघले नेता बडूलाई पाटनमा भव्य स्वागत गरेकोे नेविसंघ बैतडीका सचिव सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए।
नेविसंघ दार्चुलाको आईतवार हुने जिल्ला अधिवेशनलाई उद्घाटन गर्न नेता बडू शनिवारनै गृह जिल्ला दार्चुला प्रस्थान गरेका छन्।











प्रतिक्रिया